गोरखा समाचारदाता
बागलुङ्ग – बागलुङ्गको बरेङमा देउसी भैलो खेल्न जाने क्रममा लडेर १ जना महिलाको मृत्यु भएको छ ।
बागलुङ्ग प्रहरीले दिएको जानकारी अनुसार बरेङ गाउँपालिका १ कि ४२ बर्षिया हरीमायाँ थापाको देउसी भैलो खेलेर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको हो ।
देउसी भैलो खेलेर घर तर्फ फर्कने क्रममा थापा बाटोबाट चिप्लिएर २० मिटर जति तल खसेकी थिईन । गंभिर घाईते भएकी थापाको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा बिहान ११ बजे ज्यान गएको थियो ।
थापाको उपचारको क्रममा ज्यान गएको शिक्षण अस्पताल पोखराका चिकित्सकहरुले जानकारी दिए ।



