गोरखा समाचारदाता
गोरखा – नेपाल सम्बतको अवशरमा गोरखा सदरमुकाममा रहेको गुरुकुल र मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरीएको छ ।
नेवा देवः दवु जिल्ला कार्य समितिले नेपाल सम्बत ११४० को अवशरमा सदरमुकाममा रहेको गुरुकुल र मानव सेवा आश्रमलाई साद्यान्न सामाग्री हस्तान्रण गरेको समितिका उपाध्यक्ष रामबावु श्रेष्ठले बताए । ‘नेपाल सम्बतको अवशरमा रयाली गर्ने भन्ने थियो । तर आज परेको भाईटीकाका कारण सबै ब्यस्त हुने भए पछि हामीले दुई वटा संस्थालाई खाद्यान्न हस्तान्रण गरीएको’ उपाध्यक्ष श्रेष्ठले बताए ।
गुरुकुललाई २ बोरा चामल, ५ केजी दाल र ५ केजी नुन हस्तान्रण गरीएको छ । त्यस्तै गरी मानव सेवा आश्रमलाई २ प्याक चाउचाउ, १ प्याक बिस्कुट र १ बोरा फुरुनदाना र भुजा हस्तान्रण गरीएको थियो ।
गुरुकुलका अध्यक्ष पुरुर्षोत्तम अर्याल र मानव सेवा आश्रमका शिक्तलकाजी मास्केलाई उत्त सामाग्री हस्तान्तरण गरीएको नेवा देवः दवुले जानकारी दिएको छ ।
दुवै संस्थामा नेपाल संम्बतको बिषयमा जानकारी दिनुका साथै नयाँ नेपाल सम्ब बर्ष ११४० को उपलक्ष्यमा शुभ कामना आदान प्रदान समेत गरीएको थियो ।
आजै नेवार समुदायको धिमे बाजा टोलीले बाजा गाजा सहित नगरको भिन्न भागको परिक्रमा गरेको थियो ।



