गोरखा समाचारदाता
काठमाण्डौं – यस पटकको तिहारमा अनुमान गरीए भन्दा दोब्बर सुनचाँदीको कारोबार भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले दिएको जानकारी अनुसार यस पटकको तिहारमा ५ अर्ब रुपैयाँको हाराहारीमा सुनचाँदीको कारोबार हुने अनुमान गरिएमा त्यसको दोब्बर १० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
धेरै सुनचाँदी बिक्री हुने तिज र दशैँमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको तिहारमा भने उत्साह जनक रुपमा कारोबार भएको महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए । तर यो कारोबार पोहोरको तुलनामा आधा मात्र भएको पनि निवर्तमान अध्यक्ष शाक्यले बताए ।
वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा मात्रै हुने गरेको छ ।




















