गोरखा समाचारदाता
काठमाण्डौं – नेवार समुदायले आज म्हः पूजा मनाउदै छन । कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । एकथरी नेवार समुदायले सोमबार नै म्हः पूजा गरेका छन् भने कोही नेवार समुदायका मानिसहरुले आज (मंगलबार) पूजा गर्दै छन ।
आज नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने छन् । यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिइ सकेको छ ।
शास्त्रीय मान्यता अनुसार मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रही आएको हो ।



