गोरखा समाचारदाता
कैलाली – कैलालीमा छिमेकीको बञ्चरो प्रहारबाट एक पुरुष ब्यक्तिको ज्यान गएको छ ।
टीकापुर नगरपालिका–५ मनिकापुरका मोतीराम चौधरीले टाउकोमा बञ्चरोले हानेर छिमेकी खुशीराम चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
मानसिक सन्तुलन ठिक नभएका भनिएका मोतीरामको घरमा घर झगडा भई रहेको बेला सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका थिए । खुशीरामलाई बन्चरो हान्ने मोतिराम फरार भएकोले प्रहरीले उनलाई खोजि रहेको छ ।



