गोरखा समाचारदाता
सुर्खेत – सुर्खेतको चिङ्गाड गाउँपालिका ३ चिउडुवामा बसबाट हामफाल्ने क्रममा सोही बसले किचेर सोमबार एक किशोरीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतका अनुसार सुर्खेतबाट जाजरकोटको शिवालय जाँदै गरेको लु. १ ख ४८२३ नम्बरको यात्रुबाहक बसले किच्दा दैलेख डुङ्गेश्वर गाउँपालिका ४ अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै ज्यान गएको हो ।
बस उकालो चडिरहेको बेला एक्कासी लोड धान्न नसकेर ब्याक हुदा उत्त युवती बस बाट हामफालेर ज्यान जोगाउन लाग्दा सोही बसले च्यापेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । बस र चालकलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।



