गोरखा समाचारदाता
काठमाण्डौं – सनिबार राती राजधानीको पिपलमार्ग स्थित एक घरमा जुवाको खाल २ करोड ६७ लाख रुपैयाँ बरामद भएको छ । नगद सहित जुवा खेली रहेका २५ जुवाडेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३ पीपलमार्गमा रहेको विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार नगद सहित मानिसहरुलाई नियन्त्रणमा लिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।
कौडासहित बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पक्राउ रहेका हुन ।



