गोरखा समाचारदाता
गोरखा – गोरखाको क्षेत्र नम्बर १ का प्रतिनधिसभाका सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट बजार र धादिङ्गको खहरेको मुआब्जा तिहार लगत्तै वितरण गर्ने बताए ।
गण्डकी गाउँपालिका ३ फुजेल स्थित तिवारी गाउँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै साँसद अधिकारीले दुवै क्षेत्रको मुआब्जा तिहार सकिए लगत्तै तोक्ने र वितरण थाल्ने बताएका हुन ।
उनले लामो समय सम्म पनि गोरखाको आरुघाट क्षेत्र र धादिङ्गको खहरे बजारको मुआब्जा नतोक्दा आम जनमानसमा परेको समस्याले आफुलाई आहत बनाएको समेत बताए । दुवै क्षेत्रको १ हजार ८०० रोपनी जमिनको मुआब्जा वितरणको तयारी भई रहेको भन्दै राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बुढिगण्डकी जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङको आरुघाट आर्खेत तथा खहरे बजारको मुअब्जा निर्धारणमा ढिलाई भएको प्रति आफुलाई दुःख लागेको बताए ।




















