×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सिडिओका कारण मुआब्जा निर्धारण ढिलाई

  •  
  • शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – प्रमुख जिल्ला अधिकारीका कारण आरुघाट क्षेत्रको मुआब्जा निर्धारण हुन नसकेको आरोप लागेको छ । सञ्चारमाध्यम, समाजिक सञ्जाल देखि सार्वजानिक कार्यक्रमहरु समेत उनले आवश्यक समन्वय नगरेको आवाज उठ्न थालेको छ ।

    बिहीबार जिल्ला सदरमुकाममा नेपाल कम्युनिष्ट पार्टीले गरेको शुभ कामना आदान प्रदान कार्यक्रम सबै वक्ताहरुले बुढीगण्डकी आयोजना छिटो बनाउनु पर्ने बताए । त्यसो त आरुघाट गाउँपालिकाको मान्बुमा पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले समेत वर्तमान सरकार बुढीगण्डकी आयोजना अघि बढाउन तयार रहेको धारणा राखे ।

    तर सदरमुकाममा भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले धेरै पटक छलफल र बहसले अब कुरा प्रशासनमा ठोकिएको बताए । ‘उर्जा मन्त्रालयले पनि छलफल गरिरहेको छ, सम्बन्धित इकाईले पनि छलफल बहस गरिरहेको छ’ उनले भने ‘अब समस्या जिल्ला प्रशासन कार्यालयमा आएर अड्किएको हामीले महसुस गरिरहेका छौं ।’ उनले घुमारो भाषामा मुआब्जा निर्धारण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी देबन्द्र लामिछानेले आवश्यक पहलकदमी नलिएको आरोप लगाए ।

    आरुघाट, आरखेत र धादिङको खहरेबजारको मुआब्जा तत्काल निर्धारण गर्न माग गर्दै उनले त्यसको लागि नेकपा गोरखा आवश्यक समन्वय गर्न तयार रहेको समेत स्पष्ट पारेका छन् । अन्य क्षेत्रको मुआब्जा निर्धारण गरी वितरण भइसकेको छ । तर आरुघाट क्षेत्रको भने ४ वर्ष देखि सरकारले जग्गा रोक्का गरेपछि मुल्यनिर्धारण गर्न सकेको छैन् ।

    तत्कालिन समय बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि विशेष अध्ययन आवश्यक पर्ने भन्दै थाती राखिएको थियो । त्यसपछि ५ जना सिडिओ फेरिसकेका छन् । यस अघिका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले गोरखा तर्फ मुआब्जा निर्धारणको काम अन्तिम चरणमा पुगे पनि धादिङले ढिलाई गर्दा घोषणा गर्न नसकिएको बताएका थिए । तर उनी सरुवा भएको पनि लामो समय भइसकेको छ । अहिले कुरा ठीक उल्टो भएको छ ।

    धादिङ तर्फ टुंगो लागि सकेको तर गोरखाले ढिलाई गर्दा घोषणा हुन नसकेको सरोकारवालाहरुले दाबी गरेका छन । ‘यस अघि गोरखाको सिडिओ साप तात्नु भएको थियो, धादिङमा काम अघि बढेको थिएन’ आयोजना स्रोतले बतायो ‘अहिले धादिङ तर्फ करिब टुंगो नजिक पुगेको खबर आएको छ, तर गोरखा तर्फ भने थप काम केही हुन सकेको छैन् ।’

    गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले यस विषयमा आफ्नो भनाई सार्वजानिक गरेका छैनन् । उक्त विषय प्राविधिक र संवेदनशिल दुबै भएकाले आयोजना कार्यालय र प्राविधिक समितिले ठोस प्रस्ताव ल्याएपछि छलफललाई टुंगोमा पु¥याउन सकिने बताउँदै आएका छन । आयोजना कार्यालयको काम प्रभावकारी नहुँदा मुआब्जा निर्धारणमा ढिलाई भएको प्रभावितहरुले आरोप लगाएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.