×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दरौंदी लिफ्टिङले सदरमुकामबासीलाई ढाँट्यो

  •  
  • बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गत साउन १७ गते दरौंदी गोरखा (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरयो । खानेपानीको चरम समस्या भोग्दै आएका जिल्ला सदरमुकामबासीलाई खुसिको खबर भन्दै संस्थाका अध्यक्ष बद्री मास्केले दशैमा उपभोक्ताका घरघरमा पानी खसाल्ने घोषणा गरे ।

    उनले त्यत्तिबेला भनेका थिए ‘अब जिल्ला सदरमुकाममा पानीको कुनै अभाव हुँदैन, दशै अघि उपल्लोकोटको ट्याङ्कीमा खसाल्छौ भनेर ठेकेदार र आयोजना प्रमुखले भनेका छन्, अब छिट्टै दरौंदीको पानी आउँछ ।’

    तर दशै सकिएर तिहार आइपुग्नै लाग्दा दरौंदी लिफ्टिङले भाका फेरेको छ । अहिले मंसिरसम्म काम सम्पन्न गरी पानी वितरण गर्ने भनिएको छ । ‘हिजो मिटिङमा ठेकेदार बोलाएर सोध्यौं’ उनले भने ‘एक महिना त होइन्, मंसिरसम्म आउछ भनेको छ ।’

    त्यसको केही दिन अघि पत्रकारहरुसँग कुराकानी गर्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख रामचन्द्र काफ्लेले ८५ प्रतिशत काम सकिएको भन्दै दशै अघि नै पानी खसाल्ने दाबी गरेका थिए । त्यत्तिबेला उनले यसो भनेका थिए, ‘समय त हामीसँग अझै १ वर्ष छ तर ८५ प्रतिशत काम सकिसकेको छ, दशै अघि नै सबै काम सकेर उपल्लोकोटमा पानी पु¥याउँछौं, दशैमा त उपभोक्ताको घरमै पानी आउँछ ।’

    आयोजनको कार्यप्रगती सार्वजनिक गर्न हानथाप गरेका समिति र आयोजना कार्यालय दुबै अहिले पन्छिन खोजेका छन् ।

    एकले अर्कालाई दोष देखाएर पानी माथिको ओभानो बन्ने प्रयास भइरहेको छ । ‘काम गर्ने ठेकेदारले हो, काम लगाउन आयोजना कार्यालयले हो’ समितिका अध्यक्ष मास्केले भने ‘उहाँले नै दशैमा पानी आउँछ भन्नु भयो हामीले पत्रकार सम्मेलन गरेर सार्वजानिक मात्र गरेका हौं, यसमा हाम्रो केही गल्ती छैन् ।’

    हतारमा पानी ल्याउनु भन्दा ढिलो गरेर भएपनि शुद्ध सफा पानी वितरण गर्नुपर्ने समितिको भनाई रहेको उनले बताए । ठेकेदारले टालटालु गरेर छिटो काम भ्याउने तर सफा पानी नदिने योजनामा लागेको भन्दै अध्यक्ष मास्केले त्यसको लागि खानेपानी व्यवस्था विभागमा डेलिकेसन जाने निर्णय समेत गरिएको बताए ।

    यता संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख रामचन्द्र काफ्लेले भने विद्युत प्राधिकरणका कारण घोषित मितिमा पानी उपलब्ध गराउन नसकेको दाबी गरेका छन् । ‘विजुलीको काम साउनमै भ्याउनु पर्ने थियो, अहिलेसम्म सकिएको छैन’ उनले भने ‘त्यसलै गर्दा पानी दिन नसकिएको हो ।’

    विद्युतको काम अबको दश दिन भित्र सकिने उनले बताएका छन् । विद्युतको लाइन बिस्तार गर्ने क्रममा स्थानीयले अबरोध गरेपछि भएको विवाद पनि समाधान भइसकेको आयोजना प्रमुख काफ्लेको भनाई छ । ‘लाइनको काम सकिने बित्तिकै हामी पम्प टेष्ट गछौं,’ उनले भने ‘त्यसको केही समय भित्र त पानी उपलब्ध भइहाल्छ ।’

    खानेपानीको चरम समस्या भोगिरहेको सदरमुकामबासी दशैमा दरौंदी लिफ्टिङको पानी आउने भयो भन्दै खुसि भएका थिए । तिहार लागिसक्दा समेत पानी नआएपछि उनीहरु आयोजनाले ढाँट्यो भन्दै निराश भएका छन् ।

    ६० करोड लागतमा ४ हजार ४ घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उदेश्य सहित २०७४ असारबाट आयोजना निर्माण सुरु गरिएको हो । तुदी रमन जेभीले निर्माण गरेको उक्त खानेपानी आयोजनाको पानी गोरखा नगरपालिकाको वडा नम्बर ३ देखि ९ सम्मका स्थानीयले प्रयोग गर्नेछन् ।

    उक्त आयोजनाले चौबिसै घण्टा प्रति सेकेन्ट ३१ लिटर पानी तान्न सक्ने भएकाले जिल्ला सदरमुकाममा अब पानीको समस्या नहुने विश्वास लिइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.