गोरखा समाचारदाता
गोरखा – सरकारले भाइटिकाको भोलिपल्ट अर्थात कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यो दिन नेवार समुदायको किजा पुजा पर्ने भएकोले सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
नेवार समुदायले आफुहरुको भाइटीका पर्ने भन्दै कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिन माग गरेको थियो । नेवार समुदायको माग अनुसार मन्त्रीपरिषद्को बैठकले बिदाको निर्णय गरेको हो ।

पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले यस अघि नै कात्तिक १०, ११ र १२ गते बिदा दिने निर्णय गरिसकेको छ । यस संगै तिहारमा शनिबार सहित लगातार ५ दिन बिदा हुने भएको छ ।



