गोरखा समाचारदा
गोरखा – कास्कीको अन्नपुर्णमा रहेको देउराली बेस क्याम्प क्षेत्रमा हिउँ पहिरो जादाँ १ जना नेपालीको मृत्यु भएको छ भने २ जना नेपाली घाईते भएका छन । घाईतेको पोखरामा उपचार भई रहेको छ ।
अन्नपुर्ण गाउँपालिका ११ को देउराली बेस क्याम्पमा बुधबार बिहान ११४८ बजे भएको उत्त घटनामा परी पोखरा महानगरपालिका ११ फुलबारी बस्ने १८ बर्षिय सन्जय खनालको घटना स्थलमा नै मृत्यु भएको थियो भने पोखरा महानगरपालिका ११ को फुलबारी बस्ने २० बर्षिय सन्तोष बास्तोला र ५ को पस्र्याङ बस्ने १८ बर्षिय निरञ्जन कोइराला घाईते भएका छन ।
दुवैको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कृण्णबहादुर कार्कीले बताए ।
घटना स्थल घान्द्रुक देखी १८÷१९ घण्टाको उत्तरी क्षेत्रको पैदल दुरीमा पर्दछ । उनीहरुलाई हिउँको चट्टानले पुरेको थियो । मृत्तक खनालको लाश हिउले पुरीएकोले उद्वारमा समस्या आएको प्रहरीले जानकारी दिएको छ ।




















