गोरखा समाचारदाता
गोरखा – गोरखाको मजुवा देउराली क्षेत्रको मस्र्याङ्गदी नदी किनारमा एक यूवकको लाश वेवारिसे अवस्थामा फेला परेको छ ।
गोरखा नगरपालिका १३ को मजुवा देउरालीमा रहेको गोरखाकाली रबर उद्योगको खेल मैदान तल अन्दाजी ४० बर्ष जतिका देखिने युवकको लाश फेला परेको सई प्रकाश गुरुङ्गले टेलिफोन मार्फत जानकारी दिए ।
नदीको सतह भन्दा २ मिटर माथि बालुवामा फेला परेको उत्त लाश सडेको अवस्थामा छ । टाउकोमा किरा परेको र शरिरको अन्य भाग समेत सडेको अवस्थामा बुधबार दिउसो ३ः३० बजे तिर फेला परेको हो ।
रबर उद्योगको खेल मैदानमा फुटवल खेल्न आएका बिद्यार्थीहरुले लाश देखे पछि देउराली प्रहरी चौकीलाई खबर गरेका थिए ।
लाशको प्रकृती हेर्दा केही दिन अगाडी नदीले बगाएर ल्याएको जस्तो देखिने सई गुरुङ्गले बताए । लाशको घटना स्थल प्रकृती मुचुल्का तयार गरीएको र गोरखा अस्पताल ल्याईने भई रहेको छ ।




















