गोरखा समाचारदाता
गोरखा – छोरीलाई बलात्कार गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले वुवा पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका ११ श्रीपुर बस्ने उत्त उमेश (नाम परिवर्तन) लार्य प्रहरीले बुधबार पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरीलाई बलात्कार गरेको विरगञ्ज प्रहरीले जनाएको छ ।
घटनापछि राति टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान पिडीत स्नेहाले (नाम परिवर्तन) प्रहरीमा उजुरी दिए लगत्तै पक्राउ गरेको थियो ।
पिडितकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । पिडित किशोरीका अनुसार पहिले पनि बुवाले पटक पटक बलात्कार गरेको कुरा प्रहरीमा बताएको विरगञ्ज प्रहरीले जानकारी दिएको छ ।



