गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकामको हरमटारीमा बुधबार बिहान मोटरसाईकल र बस एक आपसमा ठोकिदा ठुलो दुर्घटनाबाट मोटर साईकल चालक जोगिएको छ ।
सदरमुकाम स्थित रङशाला गेट अगाडी ग. १६ प ४५६९ नम्बरको मोटरसाईकल र सोही दिशाबाट आउदै गरेको ना. ६ ख ८८७ नम्बरको बस एक आपसमा ठोकिएको थियो । नबलपरासीबाट बिधार्थीहरुलाई शैक्षिक भ्रमण लिएर गोरखा सदरमुकाम तर्फ आउदै गरेको बस र सोही दिशा तर्फ आउदै गरेको मोटरसाईकल संग ठोकिएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक सामान्य घाइते भएका छन् । घटना लगत्तै बस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।



