×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कैदी बन्दीलाई सुत्न बस्नकै सास्ती

  •  
  • बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – मुस्किलले ५५ जना अट्ने गोरखा कारागारमा एक सय भन्दाबढि कैदीबन्दी बस्दै आएका छन् ।

    क्षमता भन्दा धेरै राख्नुपर्दा कैदीबन्दीले जेल भित्र कष्टकर दिन गुजारी रहेका छन् ।कारागारको साँघुरो ओत लाग्ने घर भित्र सबै अट्न नसक्ने भएपनि खातै खात लगाएर सुत्नुपर्ने बाध्यता छ । ‘बाहिर आँगन र बलेनीमा पनि सुत्नुपर्छ, पानी परेको बेला भिज्दै सुत्नु बाहेक उपाए छैन’ नाईके गोपाल बरामले भने ‘धमीलो पानी पिउनुपर्ने, सुत्ने ठाउँमा भुँईमा पानी, आकाशको पानी र चिसोले धेरै बिरामी भएका छन् ।’

    ४५ पुरुष अट्ने ठाउँमा १०० जना छन् । महिला बन्दी गृहमा भने महिला १० जना छन् । कारागारको वाईरिङ भत्किएको छ ।

    खोला बाट ल्याइएको धमिलो पानी बाहेकको बिकल्प छैन । कारागार सम्म एम्बुलेन्स नपु्ग्ने हुँदा बिरामीलाई गोरखा अस्पताल सम्म ल्याउन/लैजान सास्ती भोग्नु परेको छ । ‘कारागार भित्र कुनै सिप सिकाएर ब्यवशायीक बनाउने योजना, चाहना भएर पनि ठाउँ अभावले सकिएको छैन’ कारागार शाखा गोरखाका विष्णु थापा (बस्नेत) ले भनिन् ।

    अहिले केही कैदीबन्दीले मुडा बनाउने बाहेक अन्य काम गर्दैनन् । साँघुरो ठाउँ भएकाले कामगर्न समस्या भएको गुनासो उनीहरुको छ ।जिर्ण संरचना र मक्किएको घेराबार भएकाले सुरक्षादिन समेत गाहूो भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए । ‘जनशक्ति कम छ, त्यहाँ माथि पनि कारागार कमजोर छ, सुरक्षा दिन सक्ने अवस्था छैन’ एसपी अधिकारी ले भने ।

    गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले कारागार शाखामा दरबन्दी अनुसार कर्मचारी नहुनु र कैदीबन्दी धेरै हुनु चुनौती रहेको बताए । गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिले गण्डकी प्रदेशको बिभिन्न जिल्लाको कारागार अनुगमनगर्ने क्रममा गोरखाको पनि गरेको थियो ।

    अनुगमन पछि आयोजित छलफल कार्यक्रममा नयाँ कारागार छिटो र सुविधा सम्पन्न निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिए । अहिले भएका कारागार काम चलाउमात्रै रहेको भन्दै अब बनाउँदा कैदीबन्दीलाई सिप सिक्ने, कसुर अनुसार छुट्टाछुट्टै राख्ने ब्यवस्था गर्नु पर्नेमा सांसद मनकुमारी गुरुङले जोड दिईन ।प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले सरकारले कैदीबन्दीलाई दिने सेवा सुविधा कम भएको बताउँदै भने ‘अहिले तत्काल सुधार गर्न सक्ने जती स्थानीय तह, प्रदेश र संघ मिलेर गर्नुपर्छ ।’

    सुविधा सम्पन्न र स्तरीय बनाउन समय लाग्ने भएकाले तुरुन्त र अत्यावस्यक सुधारको काम धेरै रहेको बताए ।कारागार शाखा गोरखाको नयाँ भबन निर्माण हुँदैछ । ११ रोपनी जग्गामा निर्माण गर्ने योजना अनुसार माटो जाँच भएको १ वर्ष बित्यो । तर अहिले सम्म ठेक्का प्रक्रिया सुरु भने भएको छैन ।

    राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत निर्माण गर्न लागिएको कारागारको स्टमेट तयार हुँदै गरेको जिल्ला ईकाइका प्रमुख सुनिता श्रेष्ठले बताईन । सरोकारवालाहरुले अब बन्ने कारागारको डिजाईन गर्दा सुरक्षा प्रमुख, अधिकारकर्मी र सरोकारवाला सँग छलफल गरेर मात्रै बनाउनुपर्नेमा जोड दिएका छन् ।

    फाईल तस्बिर

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.