- गीत पनि हटायो र सार्वजनिक माफी मागेपछि छाड्यौ : प्रहरी
गोरखा समाचारदाता
गोरखा – गायक दुर्गेश थापालाई प्रहरीले मुक्त गरेको छ । थापाले युट्ब बाट गित हटाएको र सार्वजनिक रुपमा माफी पनि मागेकोले उनलाई रिहा गरीएको अपराध महाशाका प्रमुख एसएसपी सहकूल थापाले बताए ।
उनको हालै सार्वजनिक भएको ‘हृयाप्पी तिहार, चिसो वियर’ गितले नेपाली तिहारको मौलिकता माथि नै प्रश्न चिन्ह उठाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा उजुरी परेको थियो । थापालाई आजै प्रहरीले पक्राउ गरेको थियो ।
गीतमा प्रयोग भएका शब्द कानून विपरीत र समाजमा असहिष्णुता फैलाउने खालका भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परे पछि अपराध महाशाखाको टोलीले थापालाई नियन्त्रणमा लिएको थियो ।
कस्तो थियो त उनको त्यो तिहार गित ?



