×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सुशासन प्रवद्र्धनमा अग्रसर बन्दै स्थानीय सभा

  •  
  • सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा नगरपालिका वडा नम्बर ८ मा रहेको स्थानीय सभाले सुशासन प्रवद्र्धनमा जोड दिएको छ । सार्वजानिक निकायको सेवा प्रवाह र विकास निर्माणलाई पारदर्शी र जवाफदेहि रुपमा सञ्चालन गर्न भन्दै सभाले आइबतार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । स्थानीय सभाका अध्यक्ष भिषण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले सुशासन प्रवद्र्धनका लागि आफु कार्ययोजना सहित अघि बढेको बताए । सुशासन नीति निर्माणसंगै नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधी र योजनाहरुको अनुगमन नागरिक समाज र सञ्चरकर्मी सहितको टोलीबाट गर्ने कार्य आरम्भ गरिसकेको बताउदै उनले सबै पक्षलाई पारस्परिक जवाफदेहिताका लागि जोड दिए । ‘सुशासन मैले मात्रै चाहेर प्रवद्र्धन हुदैन, यसमा सबै पक्ष जिम्मेवार बन्न जरुरी छ’ नगरप्रमुख पन्तले भने ‘हामीले गरेका कामको निगरानी गर्नुस्, अनुगमन गर्नुस् ।’

    नागरिक समाजसंगको सहकार्यलाई अघि बढाउन नीति नै निर्माण गरी साझेदारी मञ्चको अवधारणा देशभरका स्थानीय तह मध्ये पहिलो पटक आफुले नै सुरुवात गरेको उनले बताए ।

    नगरको विकासका लागि कार्यालयले मात्रै चाहेर नहुने तर्क दिदै उनले यस अभियानमा नगरवासीको साथ र सहकार्य आवस्यक रहेको बताए । टोल–टोलका समस्या उजार गरी समाधान गर्ने बाटोका लागि छलफल गर्ने माध्यम स्थानीय सभा बनेको भन्दै नगरप्रमुख पन्तले यसबाट सकरात्मक सुझावको अपेक्षा आफुले गरेको बताएका छन् ।

    कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडाध्यक्ष कृष्णबहादुर खत्रीले स्थानीय सभालाई वडाको विकासको सहयात्रीका रुपमा आफुले लिएको बताए । वडामा सञ्चालन हुने योजनाहरुको प्रभावकारी अनुगमन गर्ने जिम्मा र दायित्व स्थानीयवासी कै रहेको बताउदै खत्रीले हरेक गतिविधीमा स्थानीय सभाका प्रतिनिधीको सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

    कार्यक्रममा नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी, समाजवादी पार्टीका नगर संयोजक उपेन्द्र देवकोटा, नेकपाका वडा अध्यक्ष बाबुराम कट्टेल, नेपाली काँग्रेसका वडा सभापति खिलबहादुर थापा लगायतले बोलेका थिए ।

    त्यस्तै कार्यक्रममा उपस्थित भएका १९ वटा टोल विकास संस्थाका प्रतिनिधीहरुले आ–आफ्नो टोल र गाउँका समस्या राखेका थिए । कार्यक्रममा दशै तिहार लगायतका चाडपर्वको शुभाकामना समेत आदानप्रदान भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.