गोरखा समाचारदाता
गोरखा – गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गोरखा जिल्ला अध्यक्ष लेखबहादुर थापाले जिल्लामा संगठन निर्माणको काम तिव्रता दिनु पर्ने बताए ।
नेकपा गोरखा नगरपालिका–१२ ले आयोजना गरेको बिजयाँदशमी, शुभ दिपावली एवं छठ पर्वको अबसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्रि थापाले यस्तो कुरा बताएका हुन ।
अध्यक्ष थापाले जिल्लाका ९४ वडाहरु मध्ये १८ वडाको पार्टी एकता प्रक्रिया टुङग्याउन अझै बाँकी रहेको जानकारी दिए । थापाले वडा कमिटिी निर्माणको कामले मात्र पुग्दैन, हरेक वडा भित्र पनि टोलटोलमा पार्टी कमिटि निर्माण गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री थापाले जनताको करबाट थुपारिएको राज्य ढुकुटी गलत ठाउँमा प्रयोग हुन नपाउने समेत बताए । उनले नेपाली जनताको श्रम र पसिनाबाट संकलित करबाट सवै स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको बजेट निर्माण गर्ने हुदा बिनियोजित बजेट सहि ठाउँमा सहि ढंगले प्रयोग हुनुपर्नेमा जोड दिए ।



