गोरखा समाचारदाता
गोरखा – जिल्लामा आजपनि बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइदैछ ।
जिल्लाभरका २२ हजार बालबालिका मध्ये हिजो खुवाउन बाँकी रहेकाहरुलाई बालबालिकाहरुलाई आज भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थय कार्यालय गोरखाले जानकारी दिएको छ ।
जिल्लामा पहिलो पटक बर्ष २२ हजार ५ सय ७३ जना ६ महिना देखि ५ बर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए खुवाउन लागिएको हो । जिल्लाभर १९ हजार ७ सय जना १ बर्ष देखि ५ बर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने स्वास्थ कार्यालय गोरखा जनाएको छ ।
बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउदा उनीहरुको शरिरमा रोगसंग लड्न सक्ने क्षमताको बिकास हुने र शारिरिक बिकास पनि छिटो हुने भएकाले अनिवार्य भिटामिन ए र जुकाको औषधी खुवाउनु पर्ने पर्दछ ।
बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन जिल्लाभर ६ सय २१ केन्द्रहरु तोकिएका छन् भने ६ सय २४ स्वास्थ स्वयम सेबिकाहरु परिचालित भएको छ ।



