×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नागरिक समाज र स्थानीयतहको सहकार्यमा जोड

  •  
  • आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – सुशासन प्रवद्र्धनकालागि नागरिक समाज र स्थानीयतह विचको सहकार्यमा सरोकारवालाहरुले जोड दिएका छन् ।

    नागरिक साझा सवाल गोरखाले शनिबार सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नागरिक समाज र स्थानीयतह विचको सहकार्य विना सुशासन र जवाफदेहिता कायम हुन नसक्ने बताएका हुन् । ‘हामी हाम्रा कार्यक्रम र योजनामा नागरिक समाजको सहभागिता सुनिश्चित गर्ने प्रकृयामा छौ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘विकास निर्माण देखि हरेक गतिविधीमा हामीलाई सबैको साथ, सहयोगको खाँचो छ ।’

    कामगर्ने क्रममा बाटो बिराउन खोजे नागरिक समाज र संचार माध्यमले झक्झक्याउनु पर्ने भन्दै नगरप्रमुख पन्तले सबैले आ–आफ्नो दायित्व पूरा गरे सुशासन र पारदर्शिता कायम हुनेमा आफु विश्वस्त रहेको बताए ।

    संघ र प्रदेश सरकारको स्थानीयतहलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउदै उनले तिनतहका सरकारलाई एक ठाउँमा उभ्यान अब नागरिक समाजले भुमिका खेल्नुपर्ने समय आएको बताएका छन् । ‘हामी सबै ठिक छौ भन्दैनौ, कामगर्दै जाँदा गल्ति हुन सक्छ, त्यस्तोमा नागरिक समाजले सच्याइदिन जरुरी छ’ पन्तले भने ‘अहिले तिनतहका सरकार तिन तिर फर्केका छन्, यसले विकास प्रभावित हुने खतरा बढेको छ, अब तपाईहरुको समन्वय र भुमिकाको खाँचो छ ।’

    विकास र सम्बृद्धि एउटाले मात्रै चाहेर सम्भव नरहेको समेत उनले बताए । गोरखा नगरपालिकाले संचालन गर्ने योजनाहरुमा कार्यान्वयनको पाटोलाई केलाएर सकरात्मक सुझावको अपेक्षा आफुले गरेको उनले बताए ।

    नगर क्षेत्रमा प्रदेश सरकारले समन्वय नै नगरी कार्यक्रम र योजना सञ्चालन गर्दा असहज स्थिती पैदा भएको नगरप्रमुख पन्तले बताए ।

    प्रदेशले पोखरामा बसेर उपभोक्ता समिति बनाएर स्थानीयतहमा योजना चलाउछ, न समन्वय छ न त सहकार्य’ कार्यक्रममा बोल्दै उनले थपे ‘हामीले एउटा शिर्षकमा बजेट माग्छौ, उताबाट अर्को आउछ, न आवस्यकता हेर्नु छ ।

    मान्छे र पार्टी हेरेर योजना बाड्ने काम हुदा अफ्ट्यारो भएको छ ।’ साझेदारी मञ्च गठन गरेर आफुले नागरिक समाज संगको सहकार्यको प्रकृयालाई अघि बढाइ सकेको बताउदै उनले सुशासन प्रवद्र्धनका लागि नगरपालिकाले अब कार्य योजना सहित अघि बढ्ने लक्ष्य लिएको जानकारी दिए ।

    त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख जनुका अधिकारीले जिल्लामा पछिल्लो समय नागरिक समाजको अगुवाईमा विकास निर्माणका बारे साझा सभा मार्फत बहस कार्यक्रमको सुरुवात हुनु सकरात्मक पक्ष भएको बताइन् ।

    सबै दोष अरुलाई मात्रै दिने प्रवृत्तीको अन्त्य हुनुपर्ने भन्दै अधिकारीले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिइन् । ‘पछिल्लो समय नागरिक समाज जागरुक देखिएको छ, विकास निर्माणमा चासो देखाउन थालेका छन्, बहसहरुको सुरुवात भएको छ’ उनले भनिन् ‘यसले नागरिक दवाव सृजना भई परादर्शिता कायम हुने भएकाले यस्ता कार्यलाई निरन्तरता दिनु आवस्यक छ, हामी हाम्रा तर्फ बाट सहकार्यका लागि तयार छौ ।’

    गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठले नागरिक समाजले जनताका आवाजलाई सरकार समक्ष पु¥याउन पुलको काम गर्नुपर्नेमा जोड दिइन् । सहकार्यले सेवा प्रवाहमा गुणस्तर संगै पारदर्शिताको सुनिश्चिता हुने उनको तर्क छ ।

    त्यस्तै गोरखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँले सामाजिक मुल्य मान्यतालाई बचाउन नागरिक समाजले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

    नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकालले जनताका स–साना मुद्धालाई समेत नागरिक समाजले बहसका रुपमा उठान गर्नुपर्ने बताए ।

    कार्यक्रममा गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ, मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ गोरखा नगरपालिकाका सचिव सुवास घिमिरे, नागरिक साझा सवालका सदस्य एकदेव अधिकारी, विनोद अर्याल लगायतले सहकार्यमा जोड दिदै आफ्ना भनाई राखेका थिए ।

    सोच नेपालको समन्वयमा सुशासन प्रवद्र्धनका लागि नागरिक समाज र स्थानीयतहको सहकार्य बिषयक अन्तरकृया कार्यक्रममा नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीले नागरिक समाजको भुमिका, सहकार्यको महत्वका साथै हाल सम्म जिल्लामा सम्पन्न गरेका गतिविधीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.