गोरखा समाचारदाता
गोरखा – प्राविधिक शिक्षा अध्यापनका लागि आर्थिक संकलन गर्ने उद्वेश्यका साथ आज देखी सदरमुकामको एक विद्यालयले शुक्रबार देखी महायज्ञ संञ्चालन गरेको छ ।
गोरखा नगरपालिका–३ नारेश्वरको घलाङ स्थित राष्ट्रिय माध्यामिक बिधालयले त्यहाँको समुदायलाई प्राविधिक शिक्षा अध्यापन गराउने उद्वेश्यका साथ महायज्ञ सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक नवराज बस्नेतले बताए ।
विद्यालयले ३ बर्षे पशु बिज्ञान सम्वन्धी प्राविधिक शिक्षा अध्यापनका लागि महायज्ञ गरेको हो । ‘सिटीईभिटीबाट सम्वन्ध प्राप्त गर्न राख्नु पर्ने धरौटी रकमको अभाव भए पछि महायज्ञ गर्न लागेको’ स्कुलका प्रअ बस्नेतले बताए । महायज्ञबाट १ करोड बरावरको रकम संकलन हुने बिद्यालयले अनुमान गरेको छ ।
बिधालयको प्राङगढमा आयोजित महायज्ञको एक कार्यक्रम बिच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका थिए ।
महायज्ञको प्रचार–प्रसारका लागि धार्मिक ¥याली समेत निकालिएको थियो । रयाली घलाङ स्थित स्कुलबाट देउराली, गैरीचौतारा, अमरगाँउ, कुवापानी हुदै पुनः बिधालयमा पुगेर समापन गरिएको थियो । महायज्ञ असोज ९ गते दिनसम्म चल्ने छ ।



