×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २८ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

दशैं यात्रा : जोखिमसगै तेब्बर भाडा

  •  
  • मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मिया

    गोरखा – अहिले जिल्लाका अधिकांश सडकमा चल्ने यातायातका साधानमा दशैं मनाएर फर्किनेको भिडभाड देखिन्छ । गोरखा घर भई देशका विभिन्न भु-भागमा बसोबास गर्दै आएका सर्वसाधारणले दशैं सकिएसँगै आ-आफ्नो गन्तब्यको यात्रा तय गरेपछि जिल्लाका अधिकांश छोटो तथा लामो दुरीको यातायातका साधन यात्रुले खचाखच भरिएका छन् ।

    यात्रु बोक्न पाउने बस, ट्याक्सी मात्रै होइन अहिले जिल्लाका अधिकांश ग्रामिण सडकमा ट्रक, टिप्पर, ट्याक्टर र जिपहरुमा समेत सर्वसाधारण सकस र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

    त्यसो त यात्रा मात्रै सकसपूर्ण छ नै भाडा पनि साबिकको भन्दा ‘त्रिबल’ तिर्नुपर्ने बाध्यता छ । दशैंको मौका छोपेर जिल्लामा संचालनमा रहेका यातायातका साधनले यात्रुहरुसँग मनोमानी भाडा लिने गरेको पाइएको हो ।

    टिकट काउण्टरबाट टिकट नदिने र बस, माइक्रोले रिजर्भ भन्दै साबिकको भन्दा तेब्बरसम्म भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । ‘काउण्टरमा टिकट सबै बुक भइसक्यो भन्छन्, बसमा गए रिजर्भ हो जहाँ ओर्लिएपनि ५ सय लाग्छ भन्छन्’ आरुघाटबाट सदरमुकाम आएका सुकमान गुरुङले भने ‘२ सयको ठाउँमा ५ सय, त्यैपनि सिटमा बस्न पाइने होइन, खुट्टा टेक्ने ठाउँ मात्र ।’

    बसले मात्रै होइन दशैं हो भन्दै ट्याक्सी, जिप, भ्यान, ट्रक लगायतले समेत मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । ‘४ घण्टा बाटोमा बस कुरे, कुनैले रोकेनन’ देउरालीका समिर श्रेष्ठले भने ‘बोलेरोको पछाडी झुण्डिएर ७ सय तिरेर आएँ ।’

    यता सदरमुकामबाट जिल्ला बाहिर जाने सवारी साधनले पनि आफुखुसी भाडा लिने गरेको पाइएको छ । काउण्टरबाट आफ्ना चिनेजानेका र आसेपासेलाई मात्रै टिकट दिने गरेको र अन्यलाई भने टिकट बुक भइसक्यो भन्दै फर्काउने गरेको यात्रुहरुको दुखेसो छ ।

    ‘काउण्टरबाटै टिकट फुल भइसक्यो भनेर फर्काए’ काठमाण्डौ जान हटरमटारीमा बस कुरिरहेकी हिरा अधिकारी भन्छिन् ‘पछिपछि बसवाला आएर रिजर्भ बस छ, जाने भए ७ सय लाग्छ भने ।’ जिल्लामा मनोमानी भाडाको समस्या यो नै पहिलो भने होइन । अघिल्ला बर्षहरुमा समेत यातायात ब्यवसायीहरुले यात्रुलाई दशैका नाममा ठग्दै आएका छन् ।

    हाल यात्रुवहाक बस, माइक्रो, जिप लगायतले क्षमताभन्दा बढी यात्रु चढाएर जोखिमपूर्ण यात्रा समेत गराइरहेको पाइएको छ । ‘३०÷३५ जना बोक्ने बसले ५०÷५५ जनाभन्दा बढि मान्छे हालेको छ, कच्चि बाटो त्यै माथी अवस्था यस्तो छ’ बुंकोटकी सृजना बिकले भनिन् ‘गाडी चढेदेखि नझरुञ्जेल साह्रै तनाव हुने, चढे पनि नहुने, नचढे पनि नहुने ।’ सकसपूर्ण यात्रासंगै झुण्डिएर यात्रा गर्नुपर्दा गन्तब्यसम्म पनि नपुगिने होकी भन्ने त्रास यात्रुहरुमा छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.