×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गण्डकीको टोलटोलमा स्वास्थ्य इकाई

  •  
  • शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – स्वास्थ्य सेवाको पहुँच बढाउन गण्डकी गाउँपालिकाले टोलटोलमा स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ । साविक गाविसमा रहेका ६ वटा स्वास्थ्य चौकीबाट बृद्धि गरेर गाउँपालिकाले हाल थप १४ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो ।

    अधिकांश चेपाङ बस्ती रहेको गण्डकी गाउँपालिकाका स्थानीयलाई निशुल्क र सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन प्रत्येक वडाका गाउँगाउँमा इकाई स्थापना गरिएको अध्यक्ष होमबहादुर रानाले बताए । ‘जनतालाई सहज रुपमा घरै नजिक सेवा दिन चाहान्छौ’ उनले भने ‘म निर्वाचित भएर आएपछि १४ वटा इकाईबाट सेवा सुचारु गरिसके ।’

    गाउँपालिका कै पहलमा अघिल्लो बर्ष १० र यस बर्ष ४ गरी १४ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको हो । यससंगै गण्डकी गाउँपालिकामा हाल २० वटा स्वास्थ्य युनिटबाट सेवा प्रवाह भइरहेको छ ।

    थप गरिएका इकाईहरुबाट समेत स्वास्थ्य चौकीमा सरह सेवा पाइने गाउँपालिकाले जनाएको छ । ‘स्वास्थ्य चौकीमा जे जे सुविधा पाइने भनेर सरकारले भनेको छ, ति सबै सेवा इकाईबाट पनि निशुल्क दिने ब्यवस्थापन मिलाएका छौ’ गाउँपालिका अध्यक्ष रानाले भने ‘भुगोलका हिसावले विकट भएकाले पनि टाढा धाउनुपर्ने बाध्यताका कारण मान्छे हेल्थपोष्ट जादैन थे, अहिले टोलटोलबाटै सेवा दिन थालेपछि जाँचेर औषधी खानुपर्छ भन्ने चेतनाको विकास भइरहेको हामीले पाएका छौ ।’

    जनतालाई पायक पर्ने र भूगोलका हिसावमा ठूलो बस्ती भएको स्थान छनौट गरी इकाई सञ्चालनमा ल्याइएको हो । हाल गाउँमा भएका सामुदायिक भवनहरुबाटै इकाई राखेर सेवा सुरु गरिएको र केहि भवन नभएको ठाउँमा नीजि घर भाडामा लिएर समेत सेवा सुचारु गरिएको बताइएको छ ।

    ‘धेरैजसोमा गाउँमै रहेका सामुदायिक भवन, महिला भवनहरुमा इकाई राखेका छौ, १/२ वटा चाहि भाडामा छन्’ रानाले भने ‘त्यसलाई पनि चाडै सरकारी भवनमा सार्ने तयारीमा छौ ।’ इकाईमा गाउँपालिकाले चिकित्सक सहित निशुल्क औषधी, चेकजाँच, सल्लाह सुझाव लगायतका सेवाको प्रवन्ध मिलाएको छ । साविक रहेका ६ बाहेक अन्य १४ वटामा एक जना चौथो तहको कर्मचारी राखिएको गाउँपालिकाको भनाई छ ।

    ८ वटा वडा रहेको गण्डकी गाउँपालिकाको वडा नम्बर १ मा २ वटा, २ मा ३ वटा, ३ मा १ वटा स्वास्थ्य इकाई स्थापना भएका हुन् । त्यस्तै ४ मा १, ५ मा १, ६ मा २, ७ मा २ र ८ मा २ वटा इकाईबाट सेवा सुचारु भएको बताइएको छ । यसअघि वडा नम्बर ४ र ७ मा एउटा पनि स्वास्थ्य चौकी र इकाई नभएकाले स्थानीय छिमेकी वडामा जान बाध्य थिए ।

    होम डेलिभरी’ शुन्य बनाउने लक्ष्य
    त्यस्तै गण्डकी गाउँपालिकाले ‘होम डेलिभरी’ को संख्या शुन्य बनाउने अभियान समेत सुचारु गरेको छ । सुरक्षित रुपमा सुत्केरी गराउनका लागि गाउँपालिकाले स्वास्थ्य चौकीमा प्रवन्ध मिलाएको हो ।

    गत बर्षदेखि नै गाउँपालिकाले स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलालाई यातायात र पोषिलो खानाका लागि ७ हजार रुपैया भत्ताको प्रवन्ध मिलाउदै आएको छ ।

    ‘घरमा सुत्केरी गराउदा रिक्स धेरै भयो’ गाउँपालिका अध्यक्ष रानाले भने ‘होम डेलभरीलाई जिरो बनाउने लक्ष्य हो, अहिले हामीले हेल्थपोष्टमा डेलिभरी गराउनेलाई ७ हजार भत्ताको ब्यवस्था गरेका छौ ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.