गोरखा समाचारदाता
गोरखा – जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङलाई पितृ शोक परेको छ ।
उनका बुबा शेरबहादुर गुरुङको १०४ वर्षको उमेरमा निधन भएको सरानचोक गाउँपालिका–१ का अध्यक्ष सुकमान गुरुङले जानकारी दिए ।
१९७२ साल अशोज ७ गते जन्मिएका गुरुङको सोमबार भिरसिङमा रहेको आफ्नै निवासमा मृत्यु भएको हो ।
गुरुङका १ छोरा र २ छोरी छन् । श्रीमती र जेठा छोराको यस अघि नै मृत्यु भएको छ ।



