गोरखा समाचारदाता
गोरखा – गोरखाको भिमसेन थापा गाउँपालिको बोर्लाङमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बरदान हस्पीटल गोरखा र वडा कार्यालयको संयुक्त आयोजनामा भएको शिविरमा ४ सय ९६ जनाले स्वास्थ्य उपचार सेवा लिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
शिविरमा महिलाहरुको पाठेघर, फोक्सो–कलेजो, आँखा, व्लडपेसर जस्ता स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । शिविरमा उपचार सेवा लिएका मध्ये १ सय ३० जनाले भिडियो एक्सरे सेवा समेत लिएका छन् ।
शिविरमा ४९ जनाको निशुल्क दन्त परीक्षण गरिएको थियो । त्यस्तै ५ जना गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण तथा १ सय ८० जनाको व्लड गु्रपिङ गरिएको छ ।
शिविरको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेठले उद्घाटन गरेका थिए ।



