×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बाबु छोराको थर फरक पर्दा नागरिकता लिन समस्या

  •  
  • शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – बारपाक सुलिकोट–७ पाँचखुवा देउरालीका एक युवकलाई नागरिकता लिन समस्या भएको छ । बिक्रम गुरुङ नाम गरेका युवकले आफ्नो प्रमाणपत्रमा थर गुरुङ भनि उल्लेख गरेको तर बुबाको नागरिकतामा बराम रहेकाले अहिले समस्या भएको हो ।

    बिक्रमका बुबा अबकास प्राप्त नेपाली सैनिक हुन् । सेनामा कार्यरत रहेका बेला उनले २०४१ साल कार्तिक १९ गते काठमाण्डौ जिल्ला प्रशासनबाट टेकबहादुर गुरुङको नाममा २४३ नम्बरको नागरिकता लिएका थिए ।

    सेनाको जागिर छोडेपछि २०५३ साल बैशाख ४ गते जितबहादुर बरामको नाममा जिल्ला प्रशासन कार्यालय गोरखाबाट ५२९६३ नम्बरको नागरिकता लिएको श्रोतको दाबी छ ।

    तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले उक्त नागरिकतामा हस्ताक्षर गरेका छन् । टेकबहादुरले दुईवटा विवाह समेत गरेका छन् ।

    मैतिदेवी गुरुङसँग पहिलो विवाह गरेका उनले २०५७ साल माघ १० गते दोस्रो श्रीमतीको रुपमा मनमायाँलाई बिवाह दर्ता गराई दिएका थिए । मैतीदेवीको माइती बराम भएपनि पहिलो नागरिकताका आधारमा उनको नागरिकतामा गुरुङ थर उल्लेख गरिएको छ ।

    दोश्रो श्रीमती मनमायाँ भने गुरुङ नै हुन् । दोश्रो श्रीमती मनमायाँको कोखबाट २०५७ साल फाल्गुनमा छोरा बिक्रमको जन्म भयो । बाबुको नामकै आधारमा छोराको जन्म दर्ता गरी बिक्रम गुरुङ राखियो ।

    टेकबहादुरको परिवारले मनमायाँलाई नस्वीकारेपछि उनी छोरा लिएर गोरखा सदरमुकाम आइन् । गोरखाबजारको धारापानीमा बसेर ज्याला मजदुरी गर्दै छोरालाई हुकाईन पढाइन् ।

    मनकामना बोर्डिङ सतिपिपलबाट एसइई पास गरेका बिक्रमले शक्ति माविमा विज्ञान विषय लिएर प्लस टु पढे । पढाई लेखाइमा बाबुले सहयोग नगर्ने र आमा बुढी हुँदै गएकाले रोजगारीको खोजीमा रहेका बिक्रमलाई नागरिकताको जरुरी परयो ।

    तर बुबाले बिक्रमको नागरिकता बनाउन आनाकानी गरे । छोराको नागरिकता बनाइदिनका लागि पटकपटक आग्रह गर्दा पनि नआएपछि मनमायाँले श्रीमानको पेन्सन रोक्का गरिपाउँ भनि जिल्ला प्रशासनमा उजुरी दिइन् ।

    कान्छी श्रीमतीको उजुरीका कारण पेन्सन बुझ्न नपाएका टेकबहादुर अहिले सदरमुकाममा छन् । उनी अहिले छोराको नागरिकता बनाएर रोक्का गरिएको पेन्सन फुकुवा गर्न चाहान्छन् ।

    तर उनले पहिले गुरुङ थरको नागरिकता नरहेको भन्दै जितबहादुर बरामको नामबाट छोरालाई नागरिकता लिन आग्रह गरेका छन् । १२ कक्षा उत्र्तीण गरेका बिक्रमको शैक्षिक प्रमाणपत्रमा गुरुङ र बुबाको नाम पनि टेकबहादुर गुरुङ उल्लेख गरिएकोले समस्या भएको छ । ‘मैले दुःख गरेर छोरालाई १२ पढाएँ उसकै सबै सर्टिफिकेटमा गुरुङ लेखिएको छ’ बिक्रमकी आमा मनमायाँले भनिन् ‘अब बरामको नाममा नागरिकता कसरी लिनु ?’

    उक्त समस्या सिर्जना भएपछि काठमाण्डौबाट लिएको पहिलो नागरिकताको प्रतिलिपी लिन टेकबहादुरले जिल्ला प्रशासनमा निवेदन दिएका थिए । वडा कार्यालयले समेत उनलाई पहिलो नागरिकताको प्रतिलिपीको लागि सिफारिस गरयो ।

    तर प्रशासनले उक्त नागरिकताको अभिलेख फेला नपरेको ब्यहोरा सहितको पत्र दियो । ‘प्रस्तुत विषयमा निवेदक टेकबहादुर गुरुङले प्रतीलिपिको लागि संलग्न अनुसूची फाराममा उल्लेख गरेको ना.प्र.नं. २४३ जारी मिति २०४१/०७/१९ अनुसार भरेको विवरणको आधारमा अभिलेख खोजी गर्दा फेला पार्न नसकिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ’ प्रशासनले दिएको पत्रमा उल्लेख छ ।

    उनले जिल्ला प्रशासनबाट टेकबहादुर गुरुङ र जितबहादुर बराम भनेको एउटै व्यक्ति हो भनेर प्रमाणीत सिफारीस समेत गराएका छन् । जितबहादुर नामको नागरिकताबाट बिक्रमलाई गुरुङ थरको नागरिकता दिन नसक्ने भनेपछि मनमायाँ प्रशासन धाइरहेकी छिन् ।

    प्रशासनले पनि उनलाई बराम थर राखेर नागरिकता बनाउन दबाब दिइरहेको छ । ‘प्रशासनमा गयो तपाइँको नागरिकता बन्दैन भन्नुहुन्छ’ मनमायाँले दुखेसो गरिन ‘एक वर्ष भयो म धाएको मलाई न्याय कसले दिन्छ ।

    यता जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गौतम भण्डारीले भने बिक्रमको बाबुको नागरिकतामा बराम थर भएकोले गुरुङ राखेर नागरिकता दिन नसकिने बताएका छन् । ‘बुबा हजुरबुबा तिन पुस्ते सबैको थर बराम छ’ सूचना अधिकारी समेत रहेका भण्डारीले भने ‘बराम नै थर कायम गरी हामी नागरिकता दिन तयार छौं, उहाँले गुरुङको माग गर्दा समस्या भएको हो ।’ बराम थरको नागरिकता लिएपनि प्रशासनले प्रमाणित गरिदिएपछि ठूलो समस्या नपर्ने उनले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.