मोहसिन अलि मियाँ
गोरखा – गोरखामा दोस्रो दशै सस्तो मेला सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा सदरमुकाममा सुरु भएको मेला १० दिनसम्म चल्नेछ ।
मेलाको बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका हुन् ।
चाडपर्वको बेला उपभोक्तालाई एउटै स्थलबाट आवस्यक सम्पूर्ण किसिमको सामाग्रीहरु बिक्रि वितरण गर्ने उदेश्यले मेला आयोजना गरिएको गोरखा चेम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताएका छन् ।
स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको प्रवद्धनमा मेलाले मद्धत पु¥याउने आयोजकको अपेक्षा छ ।
हरमटारी स्थित खेलकुद मैदानमा सुरु भएको मेलामा करिब ८० वटा ब्यवसायिक स्टल राखिएको छ ।
चाडवाडलाई लक्षित गरी सुरु भएको मेलामा खाद्धान्न, लताकपडा, भाडाकुडा, चिनि, नुन, खसी, बोका, च्याङ्गग्रा लगायत आवश्यक सामाग्रीहरु बिक्रिका लागि राखिएको आयोजकले जनाएको छ ।
त्यस्तै मेलास्थलमा बालउद्यानका सामग्रीहरु समेत राखिएको छ ।
गोरखा चेम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको मेला उद्घाटन कार्यक्रममा चेम्बर अफ कमर्सका जिल्ला नगर उपाध्यक्ष दिपक मलहोत्रा, जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारी, गोरखा नगरपालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठ, मेला निर्देशक पवनरवण खनाल लगायतले बोलेका थिए ।



