×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

जिल्ला अस्पतालमा सञ्चालन समितिको मनोमानी

  •  
  • बिहिबार, असोज ०९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – जिल्ला अस्पताल गोरखाको सञ्चालन तथा व्यवस्थापन समितिले मनोमानी गरेको स्रोतले बताएको छ । समितिले मनोमानी ढङ्गले बिना प्रतिस्पर्धा अस्पताल हाता भित्र एक व्यक्तिलाई चमेना गृह सञ्चालनको अनुमती दिएको छ ।

    ‘हामी लामो समय देखि यही क्षेत्रमा व्यवसाय गर्दै आइरहेका छौं, हस्पिटलले क्यान्टिनका लागि कहिले टेण्डर खुलायो थाहा छैन’ अस्पताल हाता बाहिरका एक व्यापारीले नाम नबताउने शर्तमा भने ‘अहिलेको समितिले मनपरी ढङ्गले आफ्ना मान्छेका लागि मात्र काम गरेको जस्तो देखिन्छ ।’

    २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्किएको गोरखा जिल्ला अस्पताल अहिले पुनःनिर्माण भइरहेको छ । सोही क्रममा अस्पतालले उत्तर पश्चिम (बोसेधारा मुनी) गेट नजिकै एक व्यक्तिका लागि चमेना गृह सञ्चालन गर्न अनुमती दिएको छ ।

    त्यहाँका स्थानीय होटल व्यवसायी रेवती घिमिरेले अहिले क्यान्टिन सञ्चालनका लागि टूष्ट राखिएको भवन बनाउदैछन् । ‘हामीले सुचना ननिकालेको साँचो हो । तर सिधै उहाँलाई दिएको चाँही होइन’ अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष पुरुषोतम अर्यालले भने ‘सेवा क्षेत्रका होटल व्यवसायी बसेर घिमिरेजीलाई छनौट गर्नुभएको हो ।’

    जग्गाको मासिक ५ हजार भाडा दिने, आफैले भवन बनाउने र पछि भत्काएर लैजाने सर्तमा दिएको समितिको भनाई छ । ‘अहिले अस्थायी रुपमा दिएका हौं, म्याक्सिम तिन महिना भनेको छ’ अध्यक्ष अर्यालले भने ‘त्यसपछि पत्रिकामा सूचना निकालेर मापदण्ड अनुसार टेण्डर गछौं, अहिले बिरामीलाई जाउलो खाने वातावरण मात्र सिर्जना गरेका हौं ।’

    अस्पतालले मनोमानी ढङ्गले उक्त कार्य गरेको भन्दै सर्वत्र आलोचना भएको छ । कतिपय व्यक्तिहरुले सामाजिक सञ्लालमा उक्त विषयमा बहस समेत चलाएका छन् ।

    विज्ञापन नखुलाई गोप्य रुपमा आफ्ना मान्छेलाई जागिर समेत खुबाएको अस्पताललाई आरोप लागेको छ । केही महिना यता समितिले स्वम्सेवक भन्दै ४ जनालाई नियुक्ति दिएको छ ।

    दुई महिना यता काउन्टरमा शिशिर अर्याल, फार्मेसीमा सूर्यकुमार श्रेष्ठ, बिमामा संगिता अर्याल र डूेसिङमा सुजन न्यौपानेलाई भर्ना गरिएको छ । ‘विज्ञापन नै नगरी उनीहरुलाई सुटुक्क राखियो’ श्रोतले भन्यो ‘अनिपछि तलबभत्ताको निर्णय गर्ने गरेको छ भन्ने सुनेका छौ ।’ उनीहरु अधिकाशं त्यहीँ कार्यरत अन्य कर्मचारी र समितिका पदाधिकारी सदस्यहरुका आफन्त रहेको बताइएको छ ।

    यता अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिले भने उल्लेखित व्यक्ति सबै सिक्नका लागि आएको दाबी गरेको छ । ‘तिनीहरु फाल्टु रहेछन् काम सिक्न पाउँ भनेर अनुरोध गरेपछि दियौं’ अध्यक्ष अर्यालले भने ‘उनीहरुलाई हामीले नियुक्ति दिएको छैनौं ती मध्ये बिमाको त हटिसकेका छन्, अरुपनि बिस्तारै हटाउँछन् ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.