गोरखा समाचारदाता
गोेरखा – उत्तरी गोरखाको काशीगाउँमा आधुनिक सभागृह हल बन्ने भएको छ ।
उत्तरी गोरखामा सभा समारोह गर्न कठिनाइँ भएको भन्दै गाउँपालिकाको ५८ लाख र गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको ५८ लाख गरी १ करोड १६ लाखमा सुबिधा सम्पन्न सभागृह हल बनाउन लागिएको हो ।
‘उत्तरी गोरखाको दुईवटा गाउँपालिकामा एउटा पनि हल छैन’ धार्चे गाउँपालिका ७ काशीगाउँका अध्यक्ष धनकुमार घलेले भने ‘प्रदेश र गाउँपालिकाको सयुक्त लगानीमा यो हल बनाउन लागेका हौं ।’ चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त हल निर्माणको काम केही दिनमा सुरु हुने उनले बताए ।
स्थानीय निर्वाचन पछि गाउँ गाउँमा बिकासका लहर चलेका छन् । लामो समय कर्मचारीको नेतृत्वमा चलेका स्थानीय तहहरुमा जनप्रतिनिधि गएसँगै पूर्वाधार बिकासको कामले गतिलिएको छ ।
अधिकाशं ग्रामिण इलाकामा पर्ने गोरखाका उत्तरी क्षेत्रमा पनि बिस्तारै सडक सञ्जाल जोडिन थालेको छ । धार्चे र चुमनुब्री गाउँपालिकाका अधिकाशं वडाहरुमा भने अझै सडक पुगेको छैन् ।
धार्चे गाउँपालिका ७ काशिगाउँमा गत आर्थिक वर्षमा ट्रयाक खोल्ने काम भएको थियो । चालु आर्थिक वर्षमा सडकको स्तरउन्ननी गर्दै बाह्रै महिना सवारी सञ्चालन गराउने तयारी जुटेको उनले बताए ।
त्यसका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । यसैरी शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी बनाउन पनि विभिन्न काम भइहरेको वडा अध्यक्ष घलेलेको भनाई छ ।
तस्बिर गुगल



