×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बुढीगण्डकी मुद्धामा राजनितिक दलको एउटै स्वर

  •  
  • मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईप्रति जिल्लाका राजनितिक दलले चासो ब्यक्त गरेका छन् । लामो समयदेखि अन्योलको अवस्थामा रहेको आयोजना निर्माणको प्रकृया अघि बढाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र समाजवादी पार्टीले माग गरेका छन् ।

    गत शनिबार आयोजनाको अवस्था र चुनौतीका बारे भएको साझा सभामा प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको काममा प्रगती नभएको भन्दै चर्को असन्तुष्टी ब्यक्त गरेका थिए ।

    सो बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आइतबार सचिवालय बैठक बसेर आयोजनाको काम अघि बढाउन सरकार समक्ष माग गरेको छ भने नेपाली काँग्रेस र समाजवादी पार्टीले सोमबार छुट्टाछुट्टै विज्ञप्ती निकालेर प्रभावितका माग सम्बोधन गर्दै प्रकृया अघि बढाउन दवाद दिएका हुन् ।

     

    आयोजना प्रति सरकार उदासिन : काँग्रेस
    नेपाली काँग्रेस गोरखाले बुढीगण्डकी आयोजना निर्माणमा सरकार उदासिन रहेको आरोप लगाएको छ । सोमबार जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तीमा सरकारकै कारण निर्माण प्रकृया अघि नबढेको बताइएको छ ।

    लामो समयदेखि जग्गा रोक्का गरेर आरुघाट, आरखेत लगायतका क्षेत्रको मुआब्जा निर्धारण नगरिदिदा सरकारले त्यसक्षेत्रका बासिन्दालाई अन्याय गरेको काँग्रेसको आरोप छ । ‘२०७३ जेठ १९ गतेबाट सम्पूर्ण घरजग्गा बेखबिचन र बैङ्किङ कारोबार सरकारद्धारा बन्देज गरिएको थियो’ विज्ञप्तीमा भनिएको छ ‘तर पनि हालसम्म मुआब्जा समेत नतोक्दा त्यस क्षेत्रका बासिन्दालाई सरकारले अन्याय गरेको छ ।’

    त्यस्तै काँग्रेसले हाल भएको मुल्य बृद्विलाई आधारमानी मुआब्जा रकम वृद्वि गरी जनतालाई उपलब्ध गराउनका लागि समेत माग गरेको छ । जनताका समस्यामा राजनितिक दल र सरकारले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै विज्ञप्तीमा आयोजना नेपाली लगानीमै बनाउनुपर्ने माग गरिएको छ ।

    ‘सम्बृद्धि’ मुद्धा भाषामा मात्रै सिमित : समाजवादी
    सरकारले भनेको सम्बृद्धिको मुद्धा कागज र भाषामा मात्रै सिमित बनेको समाजवादी पार्टी गोरखाले आरोप लगाएको छ । सोमबार विज्ञप्ती प्रकाशित गर्दै समाजवादीले राज्यको ढुलमुले नीतिका कारण आयोजना अन्योलमा परेको बताएको छ ।

    जिल्ला अध्यक्ष नारायण खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘मुआब्जा वितरण प्रकृया प्रति राज्यपक्ष उदासिन देखिनुले सरकारको समृद्धि भाषामा मात्रै सिमित रहेको स्पष्ट बुझन सकिन्छ ।’

    गत शनिबार गोरखा सदरमुकाममा भएको सर्वपक्षिय बहस कार्यक्रममा धादिङ्ग र गोरखाका प्रमुख जिल्ला अधिकारीहरु अनुपस्थित रहनु र आयोजना प्रमुखको भागदौड देख्दा राज्यपक्ष आयोजना अगाडी बढाउने भन्दा भत्काउन तर्फ उद्वत हो कि भन्ने आम जनमानसमा आशंका उत्पन्न भएको समाजवादीको विज्ञप्तीमा उल्लेख छ ।

    ‘सिंगो नेपाल र नेपालीको गौरव एवं देशको समृद्विमा विशेष महत्व राख्ने बहुउद्धेशिय बुढीगण्डकी जलविद्युत आयोजना भएपनि सरकारले घर जग्गाधनीहरुलाई उचित मुआब्जा दिन ढिलासुस्ती, बहानाबाजी र आनाकानी गरीरहेको स्पष्ट देखिन्छ ।’

    खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘आयोजना प्रति अफवाह फैलाएर धमिलो पानीमा माछा मार्न खोज्ने तत्वलाई चिन्दै यस्ता प्रवृतिबाट सचेत रहन घर जग्गाधनीहरुलाई अपिल गर्दछौ ।’

    मुआब्जा तत्काल तोक्न नेकपाको माग
    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा बाँकी रहेको मुआब्जा निर्धारण गरेर तत्काल वितरण गर्न नेपाल सरकार समक्ष माग गरेको छ ।

    शनिबार जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले राष्ट्रिय गौरबको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आरुघाट बजार र आरखेत सहित बाँकी जग्गा तथा घरगोठ र विरुवाको तत्काल मुआब्जा निर्धारण तथा विवरणको काम तुरन्त अघि बढाउन नेपाल सरकार जलश्रोत तथा उर्जा मन्त्रालय, मुआब्जा निर्धारण समिति र आयोजना इकाइलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.