- गोरखा कारागार चलान
गोरखा समाचारदाता
गोरखा – चोरी संलग्न अश्राङ्गकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अदालत पेश गरेको छ । उनलाई आजै अदातले कैद भूक्तानका लागि कारागार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी कमला नरालका अनुसार साविक अश्राङ्ग गाउँ विकास समिति ८ घर भई हाल गोरखा नगरपालिका ३ मा बस्दै आएकी मनिषा खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अदालत पेश गरेको थियो । खत्रीलाई गोरखा जिल्ला अदालतले चोरी मुद्वामा दोषी ठहर गरी कैद र जरिवाना फैसला गरेको थियो ।
फैसला लगत्तै फरार रहेकी खत्रीलाई प्रहरीले विहीबार नियन्त्रणमा लिएर अदालत पेश गरेको थियो । अदालतले कैद भूक्तानको लागि आजै गोरखा कारागार चलान गरेको सूचना अधिकारी नरालले बताईन ।



