गोरखा समाचारदाता
गोरखा – ४ दिन देखी हराई रहेकी एक महिलालाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ ।
भाद्र ३० गते देखी गोरखा नगरपालिका ५ निवासी राममाया रोकालाई प्रहरीले गोरखा नगरपालिका ९ को पिपलडाडाँको जंगलमा फेला पारी बिहीबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाकी सूचना अधिकारी कमला नरालले बताईन ।
फेला परेकी रोका मानसिक रुपमा केही समस्या देखिएको प्रहरी कार्यालयले जानकारी दिएको छ । रोकालाई उनका छोरा रामकुमार रोकाको जिम्मा लगाईएको थियो ।



