गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकाले पनि भूकम्पले क्षति पुरयाएका घरुहरुको प्रवलिकरण कार्य शुरु गरेको छ ।
गोरखा नगरपालिका ३ को नारेश्वरस्थित शम्भु थापाको घरलाई प्रवलिकरण कार्यको थालनी गरी सुरुवात गरिएको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाकी सूचना अधिकारी तारा ढकालले बताईन ।
प्रवलिकरणको एक कार्यक्रम विच गोरखा नगरपालिका मेयर राजनराज पन्तले औपचारिक कार्य शुभारम्भ गर्दै आशिंक क्षति भएको घरहरुलाई समेत प्रेरणा मिल्ने गरी काम गर्न अनुरोध गरे । उनले नगरपालिकाका सबै वडाहरुमा विज्ञको सुझावका आधारमा क्षति पुगेको घरहरुलाई जस्ताको तेस्तै बनाउन प्रवलिकरणले सहयोग मिल्ने विश्वास ब्यत्त गरे ।
कार्यक्रममा अन्य वत्ताहरुले पुराना घरहरुलाई भत्काएर आधुनिक घर निर्माण गर्नुभन्दा पनि पुराना घरहरुलाई नै प्रवलिकरण गरी बनाउदा ईतिहास जिवित रहने धारणा ब्यत्त गरेका थिए ।
कार्यक्रममा प्रवलीकरण विज्ञ राजेन्द्र देशाई, समुन्नत टोल सुधार समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठ, परियोजनाका जिल्ला संयोजक राम सापकोटा लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।
थापाको तीनतले घरमा ८ जना डकर्मीले १५ दिनमा प्रवलीकरण सक्ने लक्ष्य राखिएको छ छ । प्रवलीकरण गरीएको उत्त घर बि.स.२०१३ सालमा बनेको थियो ।



