×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

जनप्रतिनिधी नै पर्छन् जातिय विभेदमा

  •  
  • बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – कल्पना नेपाली, गोरखाको आरुघाट गाउँपालिकाकी उपाध्यक्ष हुन् । उपाध्यक्ष हुनपूर्व उनि बिभिन्न सामाजिक संस्थामा काम गर्थिन् । त्यतिबेला दलित भएकै कारण गैर दलित समाजको थुप्रै हेपाई उनले भोगिन् । तर अहिले उनि गाउँपालिकाकै सहायक नेतृत्व पदमा छिन् । तर आज पनि उनि माथीको भेदभाव अझै रोकिएको छैन । ‘उहि समाज हो, हेर्ने दृष्टीकोण उहि छ’ नेपाली भन्छिन् ‘दलितको छोरी त हो, सम्मान किन गर्नुपरयो जस्तो गर्छन ।’

    उसो त उनि समाजमा मात्रै होइन, कार्यकक्षमै पनि जातिय विभेदको सिकारमा पर्ने गरेकी छिन् । काम लिएर गएका कतिपय सेवाग्राहीले नै तिमी, तँ जस्ता शब्द प्रयोग गर्न पछि पर्दैनन् । ‘उपाध्यक्ष हुनुअघि भन्दा त अलि सम्मानपूर्वक नै ब्यवहार गर्छन तर केहि गन्यमान्य भनिएकाहरु अफिसमै पनि तुच्छ शब्दमा बोल्न खोज्छन्, हुकुमीशैली देखाउछन्’ आरुघाट गाउँपालिकाकी उपाध्यक्ष नेपालीले हास्दै भनिन् ‘संगै बसेका वडाध्यक्षलाई तपाई भन्ने अनि मलाई तिमी भन्ने हाम्रै माननिय कार्यपालिका सदस्यहरु पनि छन् ।’

    दलित भएकै कारण मात्रै नभई आफ्नो इमान्दारिता, क्षमता र पार्टी प्रतिको लगावका कारण जनताले आफुलाई विश्वास गरेर जिताएको बताउदै उनले दलित वडा सदस्यहरुको पिडा भयावह रहेको बताउछिन् । ‘ति विचारा वडा सदस्य त साह्रै पिडामा छन्, कसले सुन्ने उनिहरुका गुनासा ?’ उनले दुखेसो गरिन् ‘डकुमेण्टमा समाज धेरै परिवर्तन भएको छ तर गाउँमा गएर हेर्नुपर्छ दलित र गैरदलित बिचको खाडल जस्ताको तस्तै देखिन्छ ।’ न्यायिक समितिमा समेत गैर दलितका भन्दा दलितकै मुद्धा बढि आउने गरेको नेपालीको अनुभव छ । उनि नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् ।

    ‘घडिमा बेलुका ५ बजेको हुदो हो । वडा कार्यालयबाट घर फर्कदै थिए । बाटोमा केहि साथीभाई भेटिए । उनिहरुले वडाको विकासमा चासो राख्दै थिए ।’ पालुङ्टार नगरपालिका १ खोप्लाङका वडाध्यक्ष कृष्ण बहादुर परियारले भने ‘त्यसैबिच गाउँकै एक विद्यालयका शिक्षक पनि घर फर्कदै रहेछन् । उनिपनि हामी भएतिरै आए । हामी ४ जना थियौ । ति मास्टरले अन्य ३ जनासंग हात मिलाए, म संग भने मिलाएनन्, मैले नमज्जा फिल गरे ।’ सायद यो कुरा ति शिक्षकले पनि महशुस गरेरै भनेका होलान् ‘मैले बुवाको ४५ दिन बारेको छु त्यै भएर तपाईसंग हात मिलाउन सकिन वडाध्यक्ष ज्यू, माइण्ड नगर्नु होला’ ति शिक्षकले हाकाहाकी नै भने ।

    तत्कालिन नयाँ शक्ति पार्टीबाट चुनाव जितेका वडाध्यक्ष परियार दलित र गैरदलितबिच थुप्रै विभेद रहेको बताउछन् । केहि विभेद उनि आफैले पनि भोग्दै आएको छन् । ‘अरु वडाका अध्यक्ष र मलाई हेर्ने दृष्टिकोण नै फरक गर्छन भन्ने लाग्छ’ उनले थपे ‘मान्छे हो कहिलेकाही गल्ती हुन्छ, अरुले ठूलै काम बिगार्दा नि कोही चुइक्क गर्न सक्दैनन, हामीले सानो मिस्टेक गर्न हुदैन, ठूलै अपराध गरे झै गर्छन् ।’
    त्यसो त गाउँमा हुने गरेका भोजभतेरमा समेत जनप्रतिनिधी अपमानित हुनपर्ने अवस्था छ ।

    गैरदलित समुदायले समेत आफ्ना बिभिन्न ‘कार्जे’ मा जनप्रतिनिधी भएकै कारण उनिहरुलाई निमन्त्रणा गर्छन् । तर बिडम्बना संगै गएका एक जना सदस्य भित्र जान पाउछ भने अर्को पाखोमा बस्नुपर्ने बाध्यता आउछ । दलित भएकै कारण गैरदलितका घरमा हुने भोजभतेरमा उनिहरु भित्र समेत पस्न पाउदैनन् । ‘वडा सदस्य भनेर गाउँमा हुने विहे, वर्तुन, पूजा सबैमा बोलाउछन्, तर बोलाएर के गर्नु सबै बसेर खाएको ठाउँमा जान समेत पाइदैन’ शहिद लखन गाउँपालिका ७ बुंकोटकी वडासदस्य टकमाया परियारले भनिन् ‘संगै गएका सबै सरासर भित्र जान्छन्, हामीलाई तपाई बाहिरै बसेर खाइदिनुस् है भन्छन्, यो भन्दा पिडा अरु के हुन सक्छ र ?’

    सदस्यहरुमा जिम्मेवारी वाँडफाड र अधिकार जस्ता कुरामा वडाध्यक्षबाट खासै समस्या नभएपनि समाजबाटै उनिहरु अपहेलित हुनुपर्ने अवस्था छ । क्षमता र योग्यता भन्दा पनि दलित भएकै कारण जनप्रतिनिधी भएको ठान्ने समाज उनिहरुबाट विकास सम्भव ठान्दैन । ‘यो दलितले के गर्न सक्छन् र जस्तो गर्छन्, अरुलाई र हामीलाई हेर्ने नजरै फरक छ’ वडासदस्य परियारले सुनाइन् ‘आफै जनप्रतिनिधी परियो, हामीले पिडा सुनाउने ठाउँ पनि छैन, सुनाइहाले पनि झन उडाछन्, गाउँमा हल्ला चलाउछन्, बरु जे भएपनि सहेरै बस्ने हो ।’ नेपाली काँग्रेसबाट चुनाव जितेकी परियार देशमा परिवर्तन आएकोमा खासै विश्वास नलागेको बताउछिन् ।

    देशमा परिवर्तनका लागि धेरै आन्दोलन भए, जनयुद्ध पनि भयो । परिवर्तनकै लागि हजारौले ज्यान गमाए पनि । देशले परिवर्तन नपाएको पनि होइन । तर परिवर्तन कागजमा मात्रै सिमित बन्दा अझै पनि समाजमा दलित, सिमान्तकृत समुदायलाई तल्लो दृष्टीले हेर्ने चलन सकिएको छैन । ‘हेर्ने नजर नै फरक भएपछि संविधान नै परिवर्तन गर्दा समेत केहि नहुने रहेछ’ सिरानचोक गाउँपालिका ८ की वडासदस्य लक्ष्मी उपरकोटीले भनिन् ‘हिजोदेखि समाज हाक्ने मै हुँ भन्नेहरुको सोच परिवर्तन नभई जतिवटा संविधान फेरेपनि हुनेवाला केहि छैन ।’

    त्यसो त वडासदस्यको हैसियतमा बिभिन्न ठाउँमा पुग्दा धेरै अफ्ट्यारा भोगेको अनुभव छ उनिसंग । कति ठाउँमा त पानी छोएको बिषयमा विवादै समेत भोग्नुपरेको छ । ‘गाउँका कति होटलमै पनि हामीलाई गाग्री छुन अझै दिइदैन’ उनी सम्झिन्छिन् ‘धेरै ठाउँमा पानी छोएको निहुँमा हप्की खेपेको छु ।’ तर यतिका छुवाछुत र भेदभाव हुदा समेत उनलाई प्रतिवाद भने गर्ने आँट आउदैन । ‘गाउँमा त्यै समाजसंग मिलेर बस्नुपर्छ, उनिहरुले त्यस्तो ब्यवहार गरे भन्दैमा आफु जाइलाग्ने कुरा आउदैन ।’ उपरकोटीले सुनाइन् ‘नराम्रो गर्ने आँट पनि आउदैन किनकी भोली फेरी उनिहरु नै चाहिन्छन्, यै गाउँमा बस्नुपर्छ, बरु जे भएपनि सहेरै बस्ने हो ।’

    शहरमा बसेर परिवर्तनका कुरा गर्नेलाई दलित र गैरदलितको खाडल हेर्न गाउँमा आउन उपरकोटीले आग्रह समेत गरिन् । ‘ठूला कुरा गर्न सजिलो छ, तर ब्यवहारमा उतार्न निकै गारो रहेछ’ तत्कालिन नेकपा माओवादीबाट चुनाव जितेकी उपरकोटीले भनिन् ‘त्यै ठूला भाषण र कुरा गर्नेहरु नै भेदभावरहित समाजका सत्रु बनेको देख्दा दिकदार लागेर आउछ ।’

    नगर तथा वडामा हुने सबैजसो औपचारिक कार्यक्रममा वडा सदस्यलाई पनि बोलाउने चलन प्राय जहाँतही छ । तर कार्यक्रममा जादा ‘दलित महिला सदस्य’ भनेर सम्बोधन गर्दा अपमानित महशुस गर्ने गरेको उनिहरु दुखेसो पोख्छन् । ‘कार्यक्रममा बोलाउछन्, गयो कार्यक्रम सञ्चालकले दलित महिला सदस्य भनेर सम्बोधन गर्छन’ गोरखा नगरपालिका ८ की कल्पना नेपालीले भनिन् ‘अरुलाई सदस्य मात्रै भन्दा हुने हामीलाई दलित थप्नै पर्ने, हेप्नै पर्ने यो कस्तो समाज हो ?’ उनले प्रश्न गरिन् ।

    दलित कोटाबाट चुनावमा उम्मेदवार बनेकाले धेरै त जनप्रतिनिधीसम्म पनि भन्न रुचाउदैनन् । दलित भएकै कारण जनप्रतिनिधीले समेत भेदभाव सहनुपर्ने अवस्था रहेदा परिवर्तनको नारा घन्काउनु औचित्यहिन रहेको उनको तर्क थियो । उनि तत्कालिन एमालेबाट निर्वाचित भएकी हुन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.