सलिना गुरूङ
गोरखा – गुरूङ चलचित्र मनकाशी गोरखामा प्रदर्शन हुने भएको छ ।
लम्जुङको पर्यटकीय ढगै गाँउमा छायाङ्कन गरिएको चलचित्र मनकाशी गाँउमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेमा गरिने स्वागत सत्कार गुरूङ सँस्कार सस्कृति तथा सामाजिक कथा वस्तुमा आधारित चलचित्र हो।
चलचित्र मनकाशीमा अनुता गुरूङ, बिष्णु गुरूङ, डिबि गुरूङ, आइतराम गुरूङ, शेरजङ गुरूङ, टिकाराम घले, बिरमाया गुरूङ, सन्तोषी गुरूङ, भिजन गुरूङ, गोपाल गुरूङ, जोनिसा गुरूङ, धने गुरूङ, गौतम गुरूङ, शुशिल गुरूङ लगाएतका कलाकारहरूले अभिनय गरेका छन् ।
चलचित्रमा गणेश गुरूङले गीत संगीत भरेको छ भने सन्तोषी गुरूङको कोरीयोग्राफीमा खेम थापा मगरको छायाकंन गरेका हुन । प्रितम गुरूङको कथा, निर्देशिन र निर्माण भएको मनकाशी गुरूङ तथा नेपाली भाषाको चलचित्र हो।
असोज ४ गते पहिलो पटक प्रदर्शन हुन लागेको उत्त चलचित्र लमजुङ्गमा पनि प्रदर्शन हुने छ ।



