×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सुतेको बेला घुर्नु हुन्छ ?, त्यो रोग हो, बेलैमा उपचार गर्नुस्

  •  
  • शनिबार, भदौ २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डा योगेश न्यौपाने (नाक, कान, घाँटी तथा घुर्ने रोग विशेषज्ञ)

    सुतेको बेलामा श्वास फेर्ने बाटो साँघुरियो भने साँघुरिएको बाटोबाट हावा जाँदा एक किसिमको आवाज निस्कन्छ, त्यही आवाजलाई हामी घुरेको भन्छौं। संसारभरिकै जनसंख्यालाई आधार मान्ने हो भने १५ देखि २५ प्रतिशत मानिस सुतेको बेला घुर्छन्।

    मान्छे किन घुर्छ?

    मानिसले जागेको बेलामा पनि श्वास फेर्छ तर त्यो बेलामा मान्छे घुर्दैन। सुतेको बेलामा श्वास फेर्ने नलीका मांसपशीहरू नियन्त्रण हुँदैनन्। जागेको बेलामा त्यसलाई मस्तिष्कले नियन्त्रण गरेको हुन्छ जसले गर्दा मांसपेशीले श्वास फेर्ने बाटोलाई ठूलो बनाउँछ। सुतेको बेला मस्तिष्कले नियन्त्रण गर्ने संयन्त्र हराउँछ।

    सामान्यत: श्वास फेर्ने बाटो सुतेको बेला सबैको साँघुरो नै हुन्छ। तर जो मान्छेमा बिभिन्न कारणले श्वास फेर्ने बाटो सुरूदेखि नै साँघुरिएको थियो र सुतेको बेलामा मस्तिष्कले गर्ने नियन्त्रण पनि हट्यो भने श्वास फेर्ने नली धेरै नै साँघुरिन्छ। कुनै बेलामा पूरै बन्दसमेत हुन्छ। जसले गर्दा धेरै सांघुरो बाटोबाट हावा जाँदाखेरि त्यसले एक किसिमको भाइब्रेसन बनाउँछ। त्यही भाइब्रेसन नै घुराइ हो।

    घुर्ने समस्याले ल्याउने थप समस्या

    ‘तपाई घुर्नुहुन्छ, यो रोग हो, यसले तपाईंलाई समस्या गर्छ’ भन्यो भने धेरै बिरामीले पत्याउँदैनन्। किनकी यसले सुतिरहेको बेलामा मात्रै समस्या पार्छ। सुतेको बेलामा श्वास फेर्ने बाटो साँघुरिन्छ। साँघुरिएको बाटोबाट थोरै अक्सिजनमात्रै जान्छ। यसले गर्दा फोक्सोले थोरै अक्सिजन पाउँछ। यस्तो भयो भने फोक्सोबाट रगत हुँदै शरीरका हरेक अंगमा पुग्ने अक्सिजनको मात्रा कम हुन्छ। सुतिरहेको बेलामा हरेक रात बिरामीलाई अक्सिजन कम भइरहेको हुन्छ। जसले गर्दा बिरामीलाई विभिन्न अरू समस्या देखिन्छन्।

    १. राति सुतिरहेको बेलामा घुर्ने, बेलाबेलामा श्वास रोकिने श्वास फेर्न अड्किने भइरहन्छ।

    २. सुतिरहेको बेलामा श्वास फेर्न अड्किएको जस्तो भएर जुरुक्क उठ्ने अनि बिहान उठ्दा घाँटी सुख्खा भएजस्तो हुने र घाँटीमा केही कुरा अड्किरहेको जस्तो हुने। पानी वा चिया खाएपछि ठीक भएजस्तो हुन्छ।

    ३. बिहान उठ्दा निद्रा नपुगेको अनुभव हुने, टाउको दुःखेको जस्तो हुने, दिउँसो काम गर्दा हाई आइरहने काममा ध्यान कम हुँदै जाने हुन्छ।

    ४. राति घुर्नेहरू दिउँसोमा मौका पायो भनि सुतिहाल्ने र उनीहरू काम गर्ने क्षमतामा ह्रास आउने हुन्छ।

    ५. मुटु, प्रेसर र किड्नीलगायतका जुनसुकै अंगमा पनि समस्या देखिन सक्छ।

    ६. सम्झिन सक्ने क्षमता कम हुँदै जान्छ भने उसको यौनशक्ति पनि कम हुँदै जान्छ।

    यस्तो हुनुको पछाडि सुतेको बेलामा अक्सिजनको कमी हुनुले हो। हामी जीवनको एक तिहाइ समय सुत्छौं। त्यो बेला शरीरले अक्सिजन कम पाउँछ। जसले गर्दा रोगहरू जम्मा हुन सुरू हुन्छ। यदि कोही मान्छेलाई प्रेसरको समस्या छ भने यसको औषधीको मात्रा थपिँदै जाने, मधुमेहको समस्या भएकालाई औषधी बढाउनु पर्ने, ग्याष्ट्रिकका समस्या बढ्दै जाने हुन्छ। गाडी हाँक्दाहाँक्दै निद्रा लाग्ने पनि हुन्छ।

    अमेरिकामा लामो दूरीमा सवारी चलाउनेको दुर्घटना हुनुको ३० प्रतिशत कारण घुराइ रहेको पाइएको छ। राति सुतिरहेको बेलामा पिसाब लागेर उठिरहनु पर्ने हुन्छ। प्रोस्टेस्टको समस्याले मात्रै पिसाब लागिरहने भन्ने हुदैन।

    घुर्ने समस्याको उपचार

    यसको उपचार गराउनुभन्दा पहिला घुराइले शरीरमा कति असर गरेको छ भनेर पत्ता लगाउनुपर्छ। त्यसको लागि बिरामीको सुताइको अध्ययन गरिन्छ। यो अस्पतालमा रातभरि सुतेर पनि गर्न सकिन्छ भने घरमा मेसिन जडान गरेर गर्न सकिन्छ। यो परीक्षणले सामान्य घुराइ हो कि यसले शरीरमा असर नै गरिरहेको छ भन्ने टुंगो लाग्छ। मुटुको चालमा गडबडी गरिरहेको छ कि छैन ? जिउमा राति सुतेको बेला अक्सिजनको मात्रा कति छ ? राम्रोसँग गहिरो निद्रा परेको छ कि छैन भन्नेलगायतका अध्ययन गरिन्छ।

    सुताइको अध्ययन गरेपछि पनि समस्या छ भने त्यसको केही परीक्षण गरिन्छ। इन्डोस्कोपी गरेर सुत्ने समस्याको अध्ययन गर्नुपर्छ। सुताइको अध्ययन गर्दा बिरामीमा कुनै समस्या देखियो र बिरामीले उपचार गर्न चाह्यो भने ‘स्लिप इन्डोस्कोपी’ गरिन्छ। अपरेशन कक्षमा लगेर बिरामीलाई घुराइन्छ। नाकबाट इन्डोस्कोपी पाइप छिराएर हेरिन्छ। इन्डोस्कोपीले शरीरको कुन भागका कारण समस्या परेको छ भन्ने थाहा हुन्छ। त्यसपछि उपचारको विकल्पबारे छलफल गर्छौं। उपचारको ३/४ किसिमका पद्धति छन्।

    बिरामी धेरै मोटो छ भने उसको तौल घटाउने सुझाव दिन्छौं। घुर्ने समस्याको प्रमुख कारण मोटोपना हो। भारत, नेपाल र बंगलादेशमा शरीरमा बोसो धेरै रहने समस्या छ,त्यसैले तौल घटाउनु पर्छ। कोल्टे फर्किएर सुत्यो भने पनि केही मात्रामा घुराइ कम हुन सक्छ। तर यसले पुरै निको भने बनाउँदैन। चुरोट रक्सीको सेवन गर्नु हुँदैन। सामान्य घुर्ने बिरामीलाई यस्ता उपायले ठीक गर्छ।

    बजारमा स्लिप क्याप भन्ने मेसिन पाउँछ। मुखमा यो मेसिन लगाएर सुत्ने गरे कोठामा भएको अक्सिजनलाई भित्र पुर्‍याउँछ। यो हरेक दिन लगाएर सुत्न पर्ने भएकाले राम्रो हुँदाहुँदै पनि व्यवहारिक हुन सकेको छैन।

    मुखमा लगाउने डेन्टल अप्लाएन्स पनि छ,जसले तलको च्यापुलाई अगाडि धकेल्छ। यसो गर्दा बिरामीको जीब्रो पछाडि गएर श्वास फेर्ने बाटो बन्द हुँदैन। यो सँगै बिरामीको अपरेशन पनि गर्न सकिन्छ।

    बिरामीको समस्याका आधारमा अपरेशन गरिन्छ। नाकको समस्या छ भने नाकको र घाँटीको समस्या छ घाँटीको अपरेशेन गर्नुपर्छ। टन्सिलको समस्या छ भने त्यो जीब्रोले गर्दा हो भने जीब्रोको उपचार गर्नुपर्छ। यदि ल्यारेन्सको कारणले हो भने त्यसको पनि अपरेशन गर्नुपर्छ।

    (उपप्राध्यापक डाक्टर न्यौपाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छन्।)

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.