गोरखा । उत्तरी गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलाकाे राजधानी लगिएकाे छ । जिल्लाको चुमनुब्री गाउँपालिका–६ को चुम्चेतबाट नेपाली सेनाको हेली मार्फत उद्वार गरिएकाे महिलालाई राजधानीकाे प्रसुती गृह लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाकी प्रमुख सिमृन वाग्लेले काफ्लेले बताइन ।
उनका अनुसार चुम्चेत निवासी २३ बर्षिया एलिसा लामा गर्भवती भएको र बुधबारदेखी उच्च ज्वरो आउने, टाउको दुख्ने तथा घाँटी र अनुहार सुनिएपछी हेली मार्फत उद्वार गर्न लागिएको हो ।
लामालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम संचालन कार्यविधि, २०७७ बमोजिम जटिल सुत्केरी हवाई उद्वार तथा उपचारको ब्यवस्था मिलाइएको उनले बताइन ।
लामाको उद्वारको लागि शुक्रबार राती ८ बजे मात्रै पत्र प्राप्त भएको र राती नै नेपाली सेना स्रग समन्वय गरेर अहिले उद्वारको लागि राजधानीबाट आएकाे नेपाली सेनाकाे हेलीले उद्धार गरी राजधानी लगेकाे जिल्ला प्रशासन कार्यालय गाेरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।
गर्भवती महिलालाई केही दिनदेखी १०४ डिग्रीसम्मको जरो आउने गरेको चुमनुब्री गाउँपालिका अहेब खुम बहादुर मल्लले जानकारी दिए ।
उत्तरी क्षेत्रमा यातायात सेवा नहुदा सबै प्रकारका बिरामीहरुले हेली प्रयाेग गर्नु पर्ने बाध्यता रही आएकाे छ ।



