गाेरखा । नेपालमा नै बराम समुदायबाट उपसचिवमा गाेरखाका १ ब्यत्तीले नाम निकाल्न सफल भएका छन् ।
भिमसेनथापा गाउँपालिका-१, मसेलका किरण बरामले नेपाल सरकारको लोकसेवा आयोगमार्फत प्रदेश प्रशासन सेवा प्रशासन समूह (नवौं तह) उपसचिवमा नाम निकालेका हुन् ।
अल्पसंख्य बराम समुदायबाट उपसचिवमा नाम निकाली सिफारिस भएका उनी गण्डकी प्रदेशका पहिलो व्यक्ति समेत हुन पुगेका छन् ।
निम्न वर्गीय परिवारमा जन्मिएका किरणको वर्षौको मेहनत, निरन्तर लगनशीलता, आत्मविश्वास र दृढ संकल्पको कारण उत्कृष्ट परिणाम निकाल्न सफल भएका छन् ।
उनले नाम निकाले लगत्तै गाेरखाकाे बराम समुदायमा खुशियाली छाएकाे छ ।



