×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

तीज महिमा र दर संस्कृति

  •  
  • शनिबार, भदौ १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राधा चालिसे

    हिन्दु महिलाहरूले निकै उत्साहको साथ मनाउने तीज पर्व आइसकेको छ । भाद्र शुक्ल तृतीयाको दिन मनाइने यो वर्षमा विशेषगरी आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिन्छ । यो पर्वलाई हरितालिकाको नामले समेत बुझिन्छ । पुराणहरूमा गरिएको व्याख्या अनुुुसार, पार्वतीका पिता हिमालय पर्वतले पार्वतीको विवाह भगवान् विष्णुसँग गर्न चाहेको तर स्वयम् पार्वती भने शिवलाई पतिका रूपमा चाहन्थिन् । उनको यो चाहना बुझेर सखीहरूले उनलाई दरबारबाट भगाएर लैजान्छन् । उनीहरू कसैले नदेख्ने स्थानमा गएर शिवको ध्यान तपस्या गरेर बस्छन् । पार्वतीको निरन्तरको एकचित्तको भक्तिबाट प्रभावित भएर स्वयम् शिव भगवान् प्रकट भएर इच्छित वर दिएको दिनको स्मरणमा नै तीज पर्व मनाइन्छ । पार्वतीले धेरै दिन अन्नपानी त्यागेर एकचित्त र भक्तिले शिवको आराधना गर्दा अघिल्लो रात दूध र केराको सेवन गरेको चर्चा पनि पुराणहरूमा गरेको पाइन्छ । यही प्रसङ्गले ‘दर खाने’ प्रचलन समाजमा चलेको हो भनिन्छ ।

    अहिले पनि अविवाहितहरूले आफूले चाहेको वर प्राप्तिको उद्देश्य र विवाहितहरूले आफ्ना पतिको दीर्घायु र पारिवारिक सुख–शान्तिका लागि भाद्रशुक्ल तृतीयाको दिन सकेसम्म निर्जल र निराहार व्रत बस्ने परम्परा कायम छ । त्यस्तै व्रतको अघिल्लो दिन राति अबेरसम्म आफ्ना दिदीबहिनी र साथीसँगीसँग बसेर विभिन्न परिकार बनाएर दर खाने चलनले व्यापकता पाएको छ ।

    त्यस्तै, व्रतको भोलिपल्ट गणेश चौथी मनाइने प्रचलन पनि हिन्दु समाजमा चलेको छ । त्यसको भोलिपल्ट भने पञ्चमीको ऋषिपञ्चमीको व्रत बस्ने परम्परा रहेको छ । यो दिन सबेरै नजिकैको पवित्र जलाशयमा गएर महिलाले आफ्ना सबै अङ्गप्रत्यङ्गको विशेष सरसफाइ गर्ने चलन रहेको छ । यो समयमा स्नान गर्दा गाईको गोबर, तुलसीको मठको माटो, हात्तीको पाइला परेको माटोको प्रयोग गर्ने चलन विगतमा रहेको थियो । स्नान गर्दा महिलाले आफ्ना हरेक अङ्गलाई ३६५ पटक धुनु वा पखाल्नुपर्छ भन्ने परम्परा थियो । स्थानको अन्तिममा ३६५ वटा दत्तिउनले दाँत माझ्ने र त्यसको पातलाई तामाको भाँडामा हालेर जलाधार बनाउने परम्परा पनि रहेको छ । माथि उल्लिखित सबै वस्तुमा आयुर्वेदिक औषधीय गुण हुने भएकाले सायद यस्तो परम्परा चलेको हुनुपर्छ । यद्यपि अहिले त्यस्तो परम्परा प्रायः लोप हुने अवस्थामा पुगिसकेको छ ।

    विधिपूर्वक स्नान गरिसकेपछि यो दिन महिलाहरू समूहमा मिलेर अरुन्धतीसहित सप्तऋषिको पूजा–अर्चना गर्ने परम्परा छ । सप्तऋषिमा कश्यप, जमदग्नि, गौतम, वशिष्ठ, भारद्वाज, विश्वामित्र, अत्रि ऋषिको पूजा गरिन्छ । यी ऋषिहरूलाई सात लोकको प्रतीक पनि मान्ने गरिन्छ । हरेक मानवले जन्मसँगै देव ऋण, पितृ ऋण र ऋषि ऋण लिएर जन्मेको हुन्छ । मानव चोलामा रहँदा ती ऋणबाट मुक्त हुनुपर्छ भन्ने धार्मिक मान्यता पनि रहेको पाइन्छ । गृहस्थाश्रममा रहँदा विभिन्न धार्मिक कार्य र अनुष्ठान गरेर देव ऋण चुक्ता गर्न सकिन्छ भने श्राद्धलगायतको पितृकार्य गरेर पितृ ऋण चुक्ता गर्न सकिन्छ । ऋषि ऋण पनि हामीले उनीहरूको विशेष पूजा आराधना गरेर चुक्ता गर्नका लागि पनि पूजा आराधना गर्ने गरिन्छ । विशेषगरी हिन्दु महिलाले रजस्वला हुँदाको बखतमा जानेर अथवा नजानेर गरेका छोइछिटोका दोष निवारणका लागि सप्तऋषिको पूजा गर्नुपर्ने मान्यता समाजमा रहेको ज्योतिषी पण्डित बालचन्द्र अधिकारीको भनाइ छ ।

    सामाजिक मान्यता
    एकतिर तीजको धार्मिक महŒव ठूलो रहेको छ भने अर्कोतिर यसको सामाजिक मान्यता पनि उत्तिकै पाइन्छ । बिहे गरेर गएका महिलाहरू माइतीघरमा आएर विछोडिएका दिदीबहिनी, साथीसँगीसँग बसेर यो पर्व मनाउने गरेको पाइन्छ । यसले माइतीसँगको छोरीचेलीको सम्बन्ध र माइतीले छोरीचेलीलाई खुसी राख्ने पर्वका रूपमा लिन्छ । यसले दिदीबहिनी, दाजुबहिनी वा दिदीभाइबीचको पारम्परिक सम्बन्ध, मायाप्रेम, अधिकार र दायित्वको बन्धनलाई पनि कसिलो बनाउने देखिन्छ । त्यसैले त यो पर्वमा विवाहित छोरीचेलीलाई माइतीले सम्झे–नसम्झेकोमा ठूलो चासो हुन्छ । महिलाहरू वर्षैभरि यो दिनको प्रतीक्षामा रहेका हुन्छन् ।

    महिलाले विवाहअघि बाबु वा दाजुभाइको अधिनमा, विवाहपछि श्रीमान् वा सासूससुराको अधिनमा र बुढेसकालमा छोराछोरीको अधिनमा बसेर जीवन व्यतीत गर्नुपर्ने परिस्थिति थियो । त्यतिबेला वर्षको एक दिन माइतीको घरमा जाने, दिदीबहिनीसँग आफ्ना दुःख–सुख साट्ने, मनका पीरव्यथा गीतको भाकामा अभिव्यक्त गरेर रमाउने पुरानो प्रचलन नै हो ।

    बदलिँदो परिवेशमा तीज
    तीजको धार्मिक र सामाजिक महŒव एकातिर भए पनि बदलिँदो परिवेशमा तीजलाई अलि फरक ढङ्गले मनाउन थालिएको छ । यसको धार्मिक महत्वमा खासै कमी आएको छैन तर सामाजिक मान्यता भने अलि फराकिलो हुन थालेको छ । विगतमा तीजको अघिल्लो दिनमात्र आफ्नो घरपरिवारका सीमित व्यक्ति बसेर ‘दर खाने’ परम्परामा परिवर्तन आएको छ । महिलाहरू घरमा मात्र सीमित नभई बाहिर पनि कामकाजी हुन थालेपछि आर्थिक रूपमा सबल हुँदै आएका छन् । उनीहरूको सामाजिक सम्बन्ध फराकिलो भएको छ ।

    यही फरकिलो भएको सम्बन्धलाई अझ आत्मीय र प्रगाढ बनाउनका लागि पनि उनीहरूले तीजजस्तो अवसरको उपयोग गर्दै केही दिन अघिदेखि नै सामूहिक खानपान र नाचगानमा रमाउने गरेको पाइन्छ । यसलाई महिलाको स्वतन्त्र र उन्मुक्तिका रूपमा लिने गरिएको छ । विभिन्न सङ्घ–संस्था र समूहमा आबद्ध भएका महिलाले अलिकति खुलेर नाचगानमा रमाउन थालेको विषयलाई लिएर पछिल्ला वर्षहरूका निकै आलोचना पनि हुने गरेको छ । महिलालाई महिना दिन अघिदेखि तीज लाग्छ । दर खाने निहुँमा हप्तैदेखि नाचगानमा व्यस्त रहन्छन् भन्ने तीतो आलोचना र टिप्पणी हुने गरेको छ । यस्तो सामाजिक आलोचना र टिप्पणीकै आधारमा पनि सरकारले तडकभडक नगर्न भन्दै प्रतिबन्ध लगाउने प्रयास गरेको देखिन्छ ।

    सडकमा हाँसीखुसी हिँडेका महिलाको जमात देख्दैमा तीज भड्किलो भयो भनेर चिन्ता व्यक्त गरिहाल्नु आवश्यक छैन । विगतमा हामीले कहिल्यै नमनाएका अङ्ग्रेजी नयाँ वर्ष, क्रिसमसजस्ता चाडबाड पनि त फरक ढङ्गले मनाउन थालिसकेका छौँ । दसैँ–तिहार पनि पहिलेकै शैलीमा मनाउन छोडिसकेको देखिन्छ ।

    अहिलेका महिला घरबाट बाहिर निस्किन थालेका छन् । कामकाजी भएका छन् । आर्थिक रूपमा आफैँ सक्षम हुन थालेका छन् । उनीहरूको सामाजिक, व्यावसायिक, पेसागत सम्बन्धहरू विस्तार भएका छन् । उनीहरू यो सम्बन्धलाई अझ सुदृढ बनाउन चाहन्छन् । काम गर्दाका आफ्ना थकान भुलेर नयाँ ऊर्जा थप्न चाहन्छन् । तीजजस्ता चाडपर्वमा शुभकामना बाँड्ने निहुँ होस् वा दसैँ–तिहारजस्ता पर्वको अवसरमा होस् उनीहरूले जमघटको वातावरण बनाउन थालेका छन् ।

    तीज र गीत–सङ्गीत
    तीज भन्नेबित्तिकै गीत–सङ्गीतको कुरा पनि आउँछ । विगतमा महिलाले पाउजेप र चप तथा मादलको धुनमा नै आफ्ना पारिवारिक दुःख–सुखलाई गीतका रूपमा अभिव्यक्त गरेर मन हलुको बनाउँथे । पछिल्लो समयमा सञ्चारमाध्यममा भएको विकास र विस्तारले तीजका गीतमा निकै ठूलो परिवर्तन आएको छ । प्रविधि र आधुनिक प्रवृत्तिका क्षणिक रमाइलोका लागि गीत–सङ्गीत बनेका छन् । उन्मुक्तिको नाममा केही छाडापनले पनि स्थान पाउन थालेकोले बढी आलोचित भएको हो । तीजका सन्दर्भमा गीत–सङ्गीतको बजार हामीले कल्पना गरेभन्दा निकै फराकिलो भएको छ । विगतमा हिन्दु महिलाभित्र पनि विशेषगरी ब्राह्मण र क्षेत्रीय परिवारका महिलाले मात्रै मनाउने तीज अहिले समाज समावेशी भएसँगै सबै जातजातिका महिलाले उत्तिकै उत्साहका साथ मनाउन थालेका छन् । यसरी हुने साँस्कृतिक रूपान्तरणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण साबित भएको छ ।

    तीजको अर्थतन्त्र
    तीजको सन्दर्भमा महिलामाथि तीतो टिप्पणी हुनुको प्रमुख कारण तडकभडकपूर्ण भयो, देखासिकीले अनावश्यक खर्च गर्ने प्रवृत्ति बढ्यो भन्नेमा समाजले चिन्ता व्यक्त गरेको पाइन्छ । विगतमा बाबुले किनिदिएको शिरफूल र सासूले दिएको चुरा–टीकामा रमाउने छोरी–बुहारी अहिले त्योभन्दा अलि बढी खोज्ने भएका छन् । खुला अर्थतन्त्रका कारण सिर्जना भएको बजारको प्रमुख उपभोक्ता महिला हुन् । आफू आर्थिक रूपमा सक्षम भइसकेपछि आफ्ना साना–ठूला इच्छा–आकाङ्क्षा आफैँ पूरा गर्न खोजेका हुन्छन् । पछिल्लो दशकमा देखिने तीजको खर्च भनेको सक्नेले सक्कली सुन, नसक्नेले नक्कली नै भए पनि सुनजस्तै गरगहनामा खर्चिने हो । सुन खरिद गर्नुलाई खर्चभन्दा पनि सम्पत्ति जोडेका रूपमा लिइने गरिएको छ । यद्यपि यो वर्ष सुनमा भएको अधिक मूल्यवृद्धिका कारण बजारमा सुन खरिद गर्ने उत्साह नदेखिएको सुन व्यवसायीहरूले बताउँदै आएका छन् ।

    भन्सार विभागको तथ्याङ्क अनुसार आ.व. २०७५/०७६ मा नेपालमा करिब ३२ करोड रूपियाँबराबरको टीका, चुरा र पोतेको आयात भएको देखिन्छ । अघिल्लो आवमा करिब २८ करोडबराबरको आयात भएको भन्सार तथ्याङ्कले देखाउँछ । यस्ता सामग्रीमा हरेक वर्ष भन्सार कर भने बढ्दै आएको छ । त्यसबाहेक केही शृङ्गारका सामग्री र एकाध जोर लुगा किनिने हो । त्यसबाहेक साथीसङ्गी र केही आफन्तलाई दिइने सामान्य उपहारको बढ्दो प्रचलनको आलोचना हुने गरेको छ । यो कुनै बाध्यकारी चलन भने होइन

    समाजले यो कुरा पनि बिर्सन हुँदैन कि पैसा खर्च गर्ने मामिलामा पुरुषको तुलनामा महिला अलि किफायती नै हुन्छन् । उनीहरू आफैँले कमाएका रकम पनि खर्चिन पर्दा धेरै सोच विचार गर्छन् । आफ्नो कमाइ नहुने र श्रीमान्कै भर पर्ने महिलाले पनि हातमा परेको रकम धेरै सोचविचार गरेरैमात्रै खर्च गर्छन् । आफ्नोभन्दा पहिले केटाकेटीको आवश्यकता पूरा गरेरमात्र आफ्ना लागि खर्चिन्छन् । वर्ष दिनभरि १५ देखि १८ घण्टासम्म ‘विनाज्यालाको कामदार’ भएर घरधन्दा गर्ने महिलाले पाइपाई जोगाएर राखेको रकम तीजमा खर्चिदा उनलाई जुन सन्तुष्टि मिल्छ, त्यसले वर्षैभरिलाई पुग्ने खुसी प्राप्त भएको हुन्छ ।

    समाजको आलोचनाको अर्को कारण पनि छ– होटल र पार्टी प्यालेसमा तीज मनाउन थालियो भन्ने । हो, हरेक कुरामा बजारीकरण हुँदै आएको छ । एउटा परिवारमा दुई÷चार दिदीबहिनी, भाउजू, नन्दआमाजू बसेर मनाउँदा ठीकै थियो । तर अबका महिला विभिन्न समूहमा आबद्ध छन् । कामकाजी भएका छन् । ती सबैमा आफ्नोपना देखेर सामूहिक रूपमा तीजको निहुँमा जमघट गर्न चाहन्छन् । केही मीठोमसिनो खान चाहन्छन् । त्यस्ता कार्यक्रम घरमा गर्न समय र स्थानको पनि अभाव हुन्छ । सामूहिक रूपमा रकम उठाएर सबैलाई पायक पारेर कुनै होटल वा पार्टी प्यालेसमा गर्दैमा के बिग्रिन्छ ? अहिले उपत्यकामा चलेका पार्टी प्यालेसमा मनाएका तीजलाई हेर्दा पनि महिलाले न्यूनतम तीन सयदेखि दुई हजारसम्म मात्रै खर्चेको पाइन्छ ।

    दिनहुँ एक समूह वा महिला पार्टी प्यालेस र होटलमा झुमिरहन्छन् भन्ने पक्कै होइन । केही महिला एकाधपटक पुग्लान् । यस्ता कार्यले पनि अर्थतन्त्रलाई चलायमान बनाएको हुन्छ । चलायमान अर्थतन्त्र समाजका लागि खासै ठूलो नोक्सानीको विषय होइन । महिलाले केही न केही सीप सिकेका छन् । स–साना उद्यममा लगेका छन् । त्यस्तो सीपबाट उत्पादित वस्तु विक्री–वितरण गर्ने अवसर पनि तीजको जमघट उपयुक्त हुन सक्छ । यहाँ देखासिकी र होडबाजी बढेको टिप्पणी पनि हुने गरेको छ । विभिन्न अध्ययनले के देखाउँछ भने पुरुषको तुलनामा महिला आफ्नो हातमा भएको रकम खर्च गर्न दसपटक सोच्ने गर्दछन् । हातमा रकम परेको छ भन्दैमा उनीहरू जथाभावी खर्च गर्न सक्दैनन् । एकाध महिलाको स्वभावलाई लिएर समग्रमा टिप्पणी गर्नु जायज होइन ।

    गाेरखापत्र

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.