×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

धार्चेको समग्र विकासको ‘मास्टर प्लान’को चरणमा छौं : अध्यक्ष गुरुङ

  •  
  • आइतबार, चैत ०३, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    बिक्रम थापा
    गोरखा । उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने धार्चे गाउँपालिकाले विभिन्न विकासका गतिविधिलाई अगाडि बढाएको छ । स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारमा पर्ने सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा लगायतका अधिकार पाएसँगै विकासका कामलाई अगाडि बढाएको हो ।

    सडक सञ्जाल कम भएको यस गाउँपालिकाको पहिलो प्राथमिकता सडक विस्तार गर्ने रहेको छ । गाउँपालिकामा सात वडा रहेका छन्, ती मध्ये तीन वटा वडामा सडक नपुगेको अवस्था छ । धार्चेमा सडक सञ्जालको विस्तार गर्न करिडोरको रुपरेखा कोरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताए ।

    उनले पहिलो चरणमा वडा कार्यालय र व्यापारिक केन्द्रमा सडक विस्तार गर्ने बताउँछन् । ‘हामीसँग सिमित बजेट छ । पहिला वडा कार्यालयहरु र मुख्य व्यापारिक केन्द्रहरुमा सडक सञ्जाल जोड्छौँ । त्यसपछि क्रमैसँग अन्य ठाउँमा सडक विस्तार गर्छौँ, अध्यक्ष गुरुङले भने, ‘अधिल्लो वर्ष वडा नम्बर ६ को काशीगाउँमा मोटरबाटो जोड्ने काम सकिएको छ ।’

    उनले मोटरबाटो नपुगेका वडाहरु १, २ र ३ वडामा सडक विस्तारका लागि बजेट विनियोजन भएको जानकारी दिए । तर, कम बजेटको कारण देखाउँदै उनले आफ्नो कार्यकालमा सबै वडाभित्र मोटरबाटोको पहुँच पुग्छ भन्नेमा ठोकुवा गर्न नसक्ने बताए । ‘हाम्रै कार्यकालमा सबै क्षेत्रमा सडक पुग्छ भन्ने ठोकुवा गर्न सक्दिन । किनभने बजेट सिमित छ । सिमित बजेट नपुग्न सक्छ’, उनले भने ।

    त्यस्तै, गाउँपालिकाको कतिपय क्षेत्रमा केन्द्रीय विद्युत प्रशारण लाइन नपुग्दा स्थानीयबासी टुकी र शोलारकै भरमा बस्न बाध्य भएका छन् । यो वर्ष धार्चेको माथिल्लो भेगमा केन्द्रीय विद्युत् प्रशारण लाइन पु¥याउन टेण्डर परेको बताउँदै गुरुङले केही वडाहरुमा भने लघु विद्युतबाट विजुली निकासा गरेको बताए ।

    उनले विदेशमा रहेका धार्चे गापाका व्यक्तिहरुको लगानीमा माछीखोलाबाट रेमिट हाइड्रो पावरले पाँच मेगावाट विद्युत उत्पादन गर्ने काम शुरु गरेको जानकारी गराए । गाउँपालिकालाई लोडसेडिङ् मुक्त बनाउन लागी परेको बताउँदै उनले भने, ‘हामीले लगानी सम्मेलन गर्ने तयारी गरेका छौँ । आउने वैशाखमा लगानी मैत्री वातावरण बनाएर बाहिरी लगानी भित्र्याउने योजना छ ।’

    उनले आफ्नो चुनावी अभियानमा प्रतिवद्धता गरे अनुसार तीन वटा वडामा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत एक हजार धारा वितरण गरेको बताए । मनास्लु हिमालको पदयात्रा गर्ने बाटो धार्चे पर्ने भएकाले पर्यटकलाई सफा र स्वच्छ पानी खुवाउने उद्देश्यसहित ‘धार्चे मिनिरल वाटर’को लागि ल्याब परीक्षण गर्न काठमाडौँ पठाएको जानकारी गराए ।

    उनले स्वास्थ्य क्षेत्रमा वर्षौदेखि बाहिर नखुलेका आङ खस्ने पीडित महिलाहरुका लागि गाइनोलोजी शिविर र मोती विन्दु भएका नागरिकका लागि आँखा शिविर सञ्चालन गरेको बताए । उनका अनुसार एक संस्थाले हिउँदमा एम्बुलेन्स सञ्चालन गर्न एम्बुलेन्स उपलब्ध गराएको छ भने वर्षामा भने गाडी नचल्ने हुनाले हेलिकप्टर उद्वारको रुपमा राखिने छ ।

    गुरुङले गुणस्तरीय शिक्षाको लागि बृहत् स्कूलको अवधारणा अगाडि सारेको बताए । केही खस्किएका विद्यालयलाई गाभि सकेको छ । उच्च मावि नभएको यस गाउँपालिकामा सात वटा माध्यमिक विद्यालयमा दरबन्दी नै नभएको बताउँछन्, गुरुङ । ‘शिक्षामा सबै बालबालिकालाई समेटिएको छ । अब हामीले प्रारम्भिक बाल विकास (इसिडि) कक्षालाई मन्टेश्वरीको रुपमा विकास गर्छौँ,’ उनले भने ।

    वर्षौदेखि नागरिकता नपाएका र पाएकाको नाम नमिलेको नागरिकता वितरण तथा सच्याउने काम भएको बताउँदै उनले घरघरमै नागरिकता शिविर सञ्चालन गरी घर/घरमा नागरिकता उपलब्ध गराएको बताए ।

    संचार क्षेत्रको पहुँचमा धार्चेको दयनीय अवस्था छ । संचारको अभाव भएकाले धार्चे गाउँपालिकामा अझै कटुवाल प्रथा कायमै राखिएको अध्यक्ष गुरुङले बताए । उनले भने, ‘गत वर्ष ७ वटै वडामा इन्टरनेट जोडेका छौँ । नेपाल टेलिकमका टावर अझै तीन वटा वडामा टिप्दैनन् । दुई वटा टावरको निर्माणको काम सकिएपछि सबै वडामा फोन टिप्छ ।’

    भूकम्पको इपि सेन्टर पनि हो धार्चे । धेरै संरचामा क्षति भइसकेको छ । भूकम्प पीडितका समस्याहरु क्रमिकरुपले सम्बोधन भइरहेको छ । एउटा वडामा ३० देखि ३६ घर भूकम्पको किस्ता लिएर घर बनाएको अवस्था छ । फेरि, वर्षामा गएको पहिरोले खानीगाउँमा समस्या बल्झएको उनले बताए । भूकम्पको केन्द्र रहेको भिरकोटलाई त्यही रुपमा संरक्षण र हुल्चेतमा हाइ अल्टिच्यूट स्टेडियम निर्माण गर्ने योजना छ ।

    उनले धार्चेको भाषा, सँस्कृतिको संरक्षण र पर्यटन विकासको लागि बजेट विनियोजन गरेको बताए । रुन्चेत, हुल्चुक भई कालोपोखरी हुँदै गणेश कुण्ड तथा गणेश हिमाल, मनास्लु हिमाल आरोहणको रुटको पर्यटन पदमार्ग निर्माण गरिने गापाको योजना छ । होम स्टेका लागि ४० जनाको दर्ता भइसकेको छ ।

    करप्रणालीको विषयमा बाहिर हल्ला फैलिए जति करको दायरा नबढाएको बताउँछन् । ‘हामीले जनातालाई करप्रणलीको बारेमा फाइदा बेफाइदाका बारेमा अभिमुखीकरण गर्ने छौँ । करको प्रतिनिधि राखेर करको दायरा तयार पार्छौ । त्यसपछि कार्यान्वयन गर्छौँ’, उनले प्रष्ट पारे ।

    जीडीपीमा परिवर्तन ल्याउने कसरत

    स्थानीय जनप्रतिनिधि आएपछि जनताले सरल र सहज रुपमा सेवा पाएको गुरुङको दावा छ । तर कर्मचारीको अभावले जुनरुपमा हुनुपर्ने हो, सोही अनुरुप हुन नसेको गुनासो छ । ‘केन्द्रबाट कर्मचारी छनोट गरियो भनेर सुन्नमा आएको छ । अझैसम्म कर्मचारी पोष्टिङ भाएको छैन’, उनले भने, ‘दुर्गम ठाउँमा दक्ष कर्मचारी जाँदैनन् । सबैले सुगम ठाउँ रोज्ने भए । हामीले चाहे अनुसार विकास गर्न गाह्रो छ ।’

    उनले आफू धार्चेको समग्र विकासका लागि ‘मास्टर प्लान’को चरणमा रहेको बताए । उनी भन्छन्, ‘म धार्चेको समग्र विकासको मास्टर प्लानको चरणमा छु । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर मात्रै विकासका कामलाई अगाडि सार्ने भनेर विभिन्न दातृ निकाय र संघसंस्थासँगको गृहकार्यमा मेरो समयबढी केन्द्रित भएको छ ।’

    आफ्नो कार्यकालभित्र धार्चेमा विकासले गति नलिए अर्को निर्वाचनमा उमेद्वारी नदिने उनको भनाई छ । ‘मेरो कार्यकालसम्मको अन्तिम समयमा अहिलेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अवस्था र जीडीपीको प्रगतिमा कति भिन्नता ल्याउन सकियो, त्यसको तुलना गर्छौँ । सकारात्मक फरक ल्याउन सकियो भने हामी सफल हुन्छौँ । होइन भने अर्को चुनाव लड्न म दावा गर्दिन’, उनले भने, ‘त्यसैले हामी जीविको पार्जनको बाटोमा लागी परेका छौँ ।’

    केन्द्र र स्थानीय निकायबीच समन्वयको अभाव

    संचारको अभावले केन्द्रीय सरकारसँग गाउँपालिकाको पहुँचमा कमी भएको उनी बताउँँछन् । उनी भन्छन्, ‘केन्द्रीय सरकारसँग हाम्रो पहुँच कम छ । दुर्गम गाउँपालिका भएकाले अवसरबाट विमुख भइरकेका छौँ ।’

    उनले स्थानीय, प्रदेश र केन्द्रको समन्वयको अभाव महशुस गरेको बताए । ‘केन्द्रले आफूखुशी निर्णय गर्ने चाहेको बेला लाड्ने/खारेज गर्ने गर्छ । आफूखुसी बजेट निर्धारण गर्छ । तल्लो स्थानीय निकायलाई केही जानकारी हुँदैन । समन्वयको अभाव महशुस गरेका छौँ, हामीले ।’

    चालू आर्थिक वर्षका लागि १४ करोड वजेट विनियोजन भएको छ । पोहोरसाल गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्न छुट्याइएको ६० लाख फ्रिज भएको थियो, भने यसपाली बजेट प्रिज नहुँने बताइएको छ । जनताको मागहरु असिमित र जनसंख्या कम भएकाले केन्द्रबाट बजेट घटेर आउँने उनले बताए ।

    वि.स.२०७३ सालमा संघीयताको कार्यान्वयन सँगै यस गाउँपालिकामा स्थानीय तहको रुपमा साविकका केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु गाविसलाई ७ वटा वडाहरू विभाजन गरिएको छ ।

    janatapati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे भाउ तोलामा १२ सयले बढ्यो
    सुन र चाँदीकाे भाउ बढ्याे (कतीमा काराेबार हुदै छ त ?)
    १ मन अलैंचीको मूल्य १ लाख ७ हजार रुपैयाँ पुग्याे, हालसम्मकै उच्च मूल्य
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.