×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

झापामा प्रस्तावित अढाई अर्बको ‘भ्यू टावर’ योजनाको औचित्यमाथि प्रश्नहरू

  •  
  • सोमबार, माघ १४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    उमाकान्त खनालबीबीसी नेपाली सेवा
    अढाई अर्ब रुपैयाँभन्दा बढी लगाएर ‘भ्यू टावर’ बनाउनुभन्दा स्थानीय जनताका आधारभूत आवश्यकताको क्षेत्रमा काम गर्न प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका जनताले आग्रह गरेका छन्।

    त्यहाँका धेरै सर्वसाधारणले पहिला जनताका आधारभूत आवश्यकता पूरा गर्ने संरचना निर्माण गर्न सरकारसँग माग गरेका हुन्।

    त्यसैपनि तराईको समथर भूभागमा फैलिएको झापामा दृश्यवलोकन गर्न बनाइने भनिने ‘भ्यू टावर’बाट के के देख्न सकिएला भनेर प्रश्नहरु उठ्ने गरेका छन्।

    दमक चोक वरिपिर बाहेकका सडक जीर्ण भएको, कतिपय सामुदायिक विद्यालयमा भौतिक संरचना नभएको तथा पढाउने शिक्षकको व्यवस्था नभएको र न्यूनतम सुविधा भएको अस्पताल समेत नभएको प्रधानमन्त्रीको गृहनगरमा सर्वसाधारणले ‘भ्यू टावर’को औचित्यमाथि प्रश्न उठाएका छन्।

    अधिकारीहरूले चाहिँ ‘भ्यू टावर’ बनाउने निर्णयको बचाउ गरेका छन्।

    अस्पताल

    झापाको एक अस्पताल

    दमकका लागि मात्र होइन, सुनसरीको इटहरी पूर्व र झापाको विर्तामोड पश्चिम क्षेत्रमा न्यूनतम सुविधा भएका अस्पताल छैनन्।

    कतिपय स्थानमा खानेपानीको राम्रो व्यवस्था छैन। धेरै गाउँमा अहिले पनि बिजुली पुग्न सकेको छैन।

    मुख्य चोक तथा मुख्यमार्ग बाहेकका सडक स्तरोन्नति भएका छैनन् र धेरै सार्वजनिक विद्यालय जीर्ण छन्। भौतिक संरचना भएका विद्यालयमा पढाउने शिक्षक छैनन्।

    झापाको माईखोला पश्चिम र सुनसरीको इटहरी पूर्वका बासिन्दाका लागि न्यूनतम सुविधा भएको एउटा पनि सरकारी अस्पताल छैन। दमकमा नगरपालिकाले सञ्चालन गरेको १५ शय्याको एउटा अस्पताल छ।

    तर उक्त अस्पतालले ठूलो जनसङ्ख्या भएको क्षेत्रका मानिसहरूलाई सेवा दिन सकिरहेको छैन।

    दमक-१० का नगेन्द्र न्यौपानेको प्रश्न छ, “बिरामीलाई आइसीयु चाहियो भने कि विराटनगर वा विर्तामोडका महँगा निजी अस्पताल पुर्‍याउनुपर्छ। के ‘भ्यू टावर’ले बिरामी जाँच्छ?”

    प्रदेश नं. १ का स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार त्यस क्षेत्रमा एउटा सुविधा सम्पन्न अस्पताल अनिवार्य भएको छ।

    अस्पताललाई चाहिने जनशक्तिका लागि योजना बनाएर भ्यू टावरको अढाई अर्ब रुपैयाँ अस्पताल निर्माणमा लगाउने हो भने गतिलै अस्पताल बन्न सक्ने उनको भनाइ छ।

    दमक

    उनले भने, “अढाई अर्ब रुपैयाँ भनेको धेरै हो। सबै विशेषज्ञ सेवा दिने किसिमको सबै उपकरण राखेर सुविधासम्पन्न अस्पताल बनाउन सकिन्छ।”

    सडक

    दमक चोकबाट पश्चिम ताराबारीबाट उत्तर जाने नगरको रिङरोड वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा छ।

    सोही भएर उत्तर जाँदा बाटोमा सानो पसल गर्ने दमक नगरपालिका-३ दुम्सेका ज्ञानु बुढाथोकीलाई दमकमा बन्ने भनिएको भ्यू टावरभन्दा सोही सडकको स्तरोन्नति महत्त्वपूर्ण हो भन्ने लाग्छ।

    उनले भने, “पहिला त सडक बनाउनुपर्‍यो नि। कति दिन धुलो खाएर बस्नु?”

    दमक बजारभित्रका केही किलोमिटर सडक बाहेक दमक नगरपालिका क्षेत्रका अधिकांश सडकमा कालोपत्रे छैन।

    भ्यू टावरको बजेट सडक स्तरोन्नितमा लगाउने हो भने दुई सय किलोमिटरभन्दा बढी सडक ड्रेनसहितको कालोपत्रे बन्न सक्ने प्रदेश नं १ को यातायात पूर्वाधार निर्देशनालयका निर्देशक

    इन्जिनियर राजेश घिमिरे बताउँछन्। जसबाट दमक क्षेत्रका मुख्य सडकहरू कालोपत्रे बन्न सक्छ।

    विद्यालय

    चुलाचुली आधारभूत विद्यालय तीन कठ्ठा जमिनमा सञ्चालन भइरहेको छ। कक्षा आठसम्मको पढाइ भए पनि सबै कक्षा प्रावि तहका शिक्षकले सञ्चालन गरिरहेका छन्।

    उक्त विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद गुरागाईँलाई पनि भ्यू टावर बन्नुभन्दा जनताका छोराछोरी पढ्ने विद्यालयमा शिक्षकको व्यवस्था भइदिए हुन्थ्यो भन्ने लागेको छ।

    उनले भने, “‘भ्यू टावर’ आफ्नो ठाउँमा होला। सरकारलाई आवश्यक लागेको हुनसक्छ। तर शिक्षामा लगानी भएन भने केही हुँदैन। हाम्रा सामुदायिक विद्यालयका हालत खराब छ।”

    दमक

    दमक लगायत झापाका धेरै सामुदायिक विद्यालयको अवस्था कुनै न कुनै सुविधाका हिसाबले सन्तोषजनक छैनन्।

    जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल भ्यू टावर बनाउने पैसाले १० वटाभन्दा बढी माध्यमिक तहका विद्यालय बनाउन सकिने बताउँछन्।

    विद्युत्

    नेपाल विद्युत् प्राधिकरण दमक शाखाले गत कार्तिकमा दमक क्षेत्रमा विद्युत्‌ आपूर्ति गर्नका लागि १० करोड रुपैयाँ बजेट छुट्ट्यायो। तर अहिलेसम्म जनतालाई विद्युत् सेवा दिने उक्त बजेट प्राप्त भएको छैन।

    तर शहरी विकास मन्त्रालय दमक ६ ढुकुरपानीमा भ्यू टावर बनाउनका लागि टेन्डर खोल्ने प्रक्रियामा रहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन्।

    अहिले पनि दमक १ र १० नं. वडाका धेरै स्थानमा बिजुली नपुगेको प्राधिकरणका दमक शाखा प्रमुख जितेन्द्र यादवले बताए।

    ‘भ्यू टावर’को पैसा विद्युत्‌मा लगाउने हो भने पूर्वी तराईका तीन जिल्लामा पर्याप्त बिजुली पुग्ने संरचना बनाउन सकिने विद्युत्‌ प्राधिकरणका कर्मचारी बताउँछन्।

    खानेपानी

    दमक नगरपालिका क्षेत्रभित्र आधा जनसङ्ख्यामा खानीपानीको व्यवस्था पुगेको छ।

    दमक बजारको दक्षिण क्षेत्रमा खानेपानीको व्यवस्था पुग्न नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोशन गौतमले बताए।

    दमक क्षेत्रमा मात्र खानेपानीको व्यवस्था पुर्‍याउन अझै करिब ३५ करोड रुपैयाँ लाग्ने उनले बताए।

    अहिले तीनवटा ट्याङ्कीबाट पानीको आपूर्ति हुँदै आएको छ। अढाई अर्ब रुपैयाँले करिब आठवटा त्यस्ता खानेपानी आयोजना बन्ने उनको अनुमान छ।

    ‘भ्यू टावर’‘महत्त्वपूर्ण’

    तर सत्तारुढ नेकपाका स्थानीय नेता बोधराज घिमिरे ‘भ्यू टावर’ दमकको विकासका लागि महत्त्वपूर्ण हुने बताउँछन्।

    उनले भने, “यो हाम्रो योजना हो। दमकको विकासका लागि यो महत्त्वपूर्ण छ। अरू विकासका काम पनि सँगै अगाडि बढाउने हो।”

    नगरपालिकाकी उपप्रमुख गीता अधिकारी जनताका आधारभूत आवश्यकताका कुरा र भ्यू टावर निर्माणसँगै लिएर जाने बताउँछिन्।

    उनले भनिन्, “अब यो आउने भइसक्यो। यो रोकेर हुँदैन। भरे यो पनि भएन, अरू काम पनि भएनन् भने गाह्रो हुन्छ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.