काठमाडौँ, माघ ८ गते । नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ ।
चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।
मन्त्री मगर अस्वस्थ
खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।
भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उहाँ सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिनुभयो ।
मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
रासस


