×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाडीलाई ‘बाइबाइ’ गरी पैदलयात्रुको स्वागत, संसारका यी ५ सहरबाट काठमाडौंले के सिक्ने ? (फोटो कथा)

  •  
  • शनिबार, असोज ०६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    मुम्बईको मिथचौकी इन्टरसेक्सन। तस्बिरः द गार्डियन
    सहर मान्छेका लागि हो, न कि सवारीसाधनका लागि।

    सहरमा सवारीसाधन जति हाबी हुन्छ, प्रदूषण उति बढ्छ। सहरको मौलिकता मासिन्छ। सौन्दर्य गुम्छ।

    विश्वका धेरै सहरले यो बुझ्न थालेका छन्। सवारीसाधनका लागि छुट्टाइएको ठाउँ पैदलयात्रुले फिर्ता पाउँदैछ। पैदलयात्रुको सुरक्षानिम्ति सहरी संरचना नै बदल्ने क्रम बढ्दो छ।

    यस्तै प्रयास गर्ने केही सहरबारे ‘द गार्डियन’ ले तयार पारेको फोटोकथा हामीले यहाँ प्रस्तुत गरेका छौं। यसमा संसारका ५ ठूला सहरका दुई-दुईवटा मुख्य सडक कसरी पैदलयात्रुलाई सहज बनाइयो भन्ने उदाहरण छ।

    काठमाडौंमा पनि मान्छेलाई भन्दा गाडीलाई महत्व दिने क्रम बढ्दो छ। गाडी कुद्ने सडक फराकिलो पार्न मान्छे हिँड्ने बाटो खुम्च्याइँदैछ। जबकि, संसारका ठूल्ठूला सहरले गाडीको लेन घटाएर मान्छेलाई फराक ठाउँ दिन थालेका छन्।

    सडकको बीचमै केही हिस्सा रंगरोगन गरी खुला स्थल बनाउने चलन बढ्दो छ, जहाँ मान्छे सुस्ताउँछन्। तीन लेनको बाटोमा दुई लेन मात्र गाडीलाई दिएर एक लेन फुटपाथ बनाउन थालिएको छ। त्यस्तो फुटपाथमा कुर्सी-टेबल राखेर मान्छे बस्ने ठाउँ बनाइन्छ। कहीँ कहीँ त सडककिनार क्याफेसमेत खुल्छ। व्यस्त सडकका घुम्तीमा सानो ठाउँ हरियाली पार्कनिम्ति छुट्टयाइन्छ।

    सहरको परिचय गाडी होइन। मान्छे हो। चालचलन र संस्कार हो। काठमाडौंजस्तो पैदल छिचोल्न सकिने सांस्कृतिक नगरमा हामीलाई गाडी कुदाउनभन्दा मान्छे हिँड्न फराकिलो बाटो चाहिएको छ।

    यी सहरबाट काठमाडौंले केही सिक्ने कि?

    १. इथियोपियाको एडिस अबाबाः सेबाटेग्ना इन्टरसेक्सन

    पहिले र अहिले। 

    यहाँ ‘सुरक्षित इन्टरसेक्सन कार्यक्रम’ लागू भयो। सन् २०१७ मा इन्टरसेक्सन पुनः डिजाइन गरी पैदलयात्रुका लागि सुरक्षित बनाइयो। जेब्राक्रस बनाइए। मोडहरूमा चहकिलो रङ लगाएर गाडी छिर्न रोक लगाइयो। चित्रमा देखिएको निलो रङको क्षेत्र पैदलयात्रुका लागि हो।

    २. इथियोपियाको एडिस अबाबाः लेगार इन्टरसेक्सन

    यो क्षेत्र जताततै गाडी गुड्ने कालोपत्रे थियो। पैदलयात्रुको सुरक्षालाई ध्यानमा राख्दै सडक संरचना फेरियो। धेरै भाग रंगाइयो। गमला राखियो। रंगीन सडकमा अब पैदलयात्रु मात्र हुन्छन्। गाडीका निम्ति ठाउँ घटाइएको छ।

    ३. कोलम्बियाको बोगोटाः प्लाजा

    व्यस्त सडकसँगै यहाँ एउटा पार्किङ क्षेत्र थियो। यसको खास उपयोगिता थिएन। यो ठाउँलाई बोगोटाले सार्वजनिक खुला स्थान बनाएको छ। यहाँ फूलहरू रोपिएका छन्। बस्ने बेन्चको व्यवस्था छ। खेल्ने चित्रहरू कोरिएका छन्। छहारीका लागि टहरा बनाइएको छ। सडक बीचको भागलाई सानो पार्कको रूप दिइएको छ।

    ४. कोलम्बियाको बोगोटाः बोसा

    बोसा क्षेत्रले गाडी पन्छाएर पैदलयात्रुलाई स्वागत गरेको छ। यो क्षेत्रमा धेरै स्कुल छन्। विद्यार्थी आउजाउ सहज होस् भनेर सडकको आधाभन्दा बढी भाग पैदलयात्रुलाई छुट्टाइएको छ। पहिले गाडीको हालीमुली भएको ठाउँमा हिँड्ने मान्छे सुरक्षित महशुस गर्छन्।

    ५.ब्राजिलको फोर्टालेजाः सिडेड २०००

    यो क्षेत्र सन् २०१७ सेप्टेम्बरमा पुनः डिजाइन गरियो। यहाँ पहिले गाडी पार्क हुन्थे। मान्छेको आउजाउ असुरक्षित थियो। अहिले यहाँको रंगीन क्षेत्रमा टेबल–कुर्सी राखिएको छ। गमलामा बिरूवा रोपिएको छ। कुनै बेला उराठ देखिने यो सानो ठाउँ अहिले खुला स्थल बनेको छ।

    ६ .ब्राजिलको फोर्टालेजाः अल्बर्ट सबिन

    यो अस्पताल क्षेत्र हो। यहाँ कुनै बेला गाडीको दबदबा थियो। बिरामी र अस्पतालका कर्मचारी साँघरो फुटपाथमा हिँड्थे। सडक पार गर्न असुरक्षित थियो। अहिले यो सडकको स्वरुप बदलिएको छ। जेब्राक्रस बनाइएका छन्। फुटपाथ फराकिलो छ।

    ७. भारतको मुम्बईः नागपाडा इन्टरसेक्सन

    गाडी नै गाडीले भरिएको यो इन्टरसेक्सनमा अचेल मान्छेको भीड देखिन्छ। गाडी गुड्ने ठाउँ घटाएर हिँड्ने ठाउँ बनाइएको छ। डिभाइडरहरू राखिएका छन्। रङ लगाएर धेरै क्षेत्र खुला बनाइएको छ।

    ८. भारतको मुम्बईः मिथचौकी इन्टरसेक्सन

    मिथचौकी इन्टरसेक्सन नागपाडाभन्दा कम छैन। रुखासुखा लाग्ने यो ठाउँ अहिले रंगीन छ। पहिले जताततै गाडी छिर्थे। अब रंगीन क्षेत्रमा छिर्न पाउँदैनन्। यो ठाउँ पैदलयात्रुका लागि हो। यसले सुरक्षाका साथै यो क्षेत्रको सौन्दर्य बढाएको छ।

    ९. ब्राजिलको साओपाउलोः साओ मिगुवेल

    यो क्षेत्रको परिवर्तन लोभलाग्दो देखिन्छ। गाडीका लागि धेरै ठाउँ र साँघुरो फुटपाथ भएको यो सडक अहिले पैदलयात्रुका निम्ति केन्द्रित छ। सडकको लगभग आधा भाग काटेर मान्छे हिँड्ने ठाउँ बनाइएको छ। हरिया बिरूवा र चहकिला रङले सडक आकर्षक बनेको छ।

    १०. ब्राजिलको साओपाउलोः सन्टाना इन्टरसेक्सन

    यो इन्टरसेक्सन सडकबीचको पार्कझैं लाग्छ। यहाँ बस्ने कुर्सीहरू छन्। फूलबिरुवा छन्। पैदलयात्रुका निम्ति सुरक्षित पर्खने र हिँड्ने ठाउँ छ। सडकको आधाभन्दा बढी भाग पैदलयात्रुको हो।

    (सबै तस्बिरहरूः द गार्डियन)

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.