कैलासबावु श्रेष्ठ/गोरखा
असोज ४ गते । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले चलाएको गोलीले एक शिक्षकको मृत्यु भएको छ । शिक्षकलाई गोली प्रहार गरेर भारत तर्फ भाग्दै गरेका उनीहरुले नेपाल भारतको घुस्की सिमा चेक जाँच गरी रहेको नेपाल प्रहरी १ जवानलाई गोली प्रहार गरेर भाग्न सफल भएका छन ।
मोटरसाईकलमा आएका उनीहरुले शिक्षक हसिद कुर्सित अन्सारी गोली हानी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार गोली लागेको प्रहरीलाई अहिले उपचारको लागि बिराटनगर पुरयाईएको छ ।
घटना लगत्तै प्रहरीले जिल्लाको सबै नाका शिल गरेर अपराधी खोज्न ब्यापक रुपमा प्रहरी परिचालन गरेको छ ।
फोटो सन्तोष दंगालको फेसबुक पेजबाट साभार गरीएको


