×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

आज गणेश चतुर्थी

  •  
  • बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    भाद्र २८ गते । आज गणेश चतुर्थी । हिन्दु धर्मालम्बीहरुले मान्दै आएको भगवान श्री गणेशको जन्मदिन ।

    हिन्दुधर्मावलम्वीहरु जे काम गर्दा पनि पहिले पुजिने देवता हो गणेश । शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । सनातन हिन्दूधर्मावलम्विहरूबिच एउटा चर्चित भनार्इ नै छ, ूशुभ कार्यको श्री गणेश गर्ने । आज दशै भर रहेको गणेश मन्दिरहरुमा भत्तजनहरुले पुजा आराधनागर्दै मनाईन्छ । आजै ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको छ ।

    भाद्र शुक्ल चतुर्थी अर्थात मंगलमुर्तिको जन्मदिन । कसैकसैले आजको दिनलाई विनायक चतुर्थि पनि भन्दछन् । गणेश भनौं या विनायक भनौं या गजाधर जे नामले सम्झिएपनि यी सम्पूर्ण नाम भगवान गाणेश नै हो ।

    १०८ वटा विभिन्न नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ । गणेशको जन्मकाबारेमा दुइखाले धारणा रही आएको छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मयल जम्मा गरी उक्त मयलबाट बनाइएको आकृतबाट गणेश उत्पन्न भएका हुन । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रुपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलार्इ जानकारी थिएन र सोही समय पार्वतीलाई भेटन भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए । स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसंग अनेक विलौना गरेपछि देवादिदेव महादेव उत्तरतर्फ गई हात्तिको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेकोछ ।

    अर्को किवंदन्तीका अनुसार देवताहरुको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्नहर्ताका रुपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थि नेपाल लगायत भारत, मरीसस, फिजी लगायतका दक्षिण पूर्वी एशियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थिमा शुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ ।
    यसरी मनाउने क्रममा भगवान गणेशको प्रतिमा स्थापित गरी रंगीन पण्डालहरु लगाएर ४ चरणमा पुजा गरिन्छ । प्राणप्रतिष्ठा अर्थात भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात सोह्र तरिकाले भगवान गणेशको अनुष्ठान गर्ने, उत्तरपुजा अर्थात प्रतिमालाई एकठाउँबाट अर्को ठाँउ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात प्रतिमालाई नदी, खोला अथवा सफा जलासयमा मा बिसर्जन गर्ने क्रमहरु हुन्छन् । यसरी शुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारीक रुपमा खोलामा बिसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिने गरीन्छ ।

    आजको दिन देखिने चन्द्रमामा दोष हुन्छ तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहेको छ । विभिन्न फलफूल र अन्य तिउन तरकारी छिमेकिका करेसाबारीबाट या गोठवाट चोर्ने चलन छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.