कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २७ गते । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड मंगलबार राती देखी एकतर्फी सञ्चालनमा आएको छ । सोमबार राती देखी अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि एकतर्फी यातायात सञ्चालनमा ल्याउन सफल भएको छ ।
चार किलो भन्ने स्थानमा गएको ठुलो पहिरोका कारण उत्त मार्ग हुदै आवत जावत गर्ने सर्व साधारण देखी हरितालिकाको अवशरमा माईत आउ जाऊ गरेका महिलाहरु बढी प्रभावित भएका थिए । सोही पहिरोका कारण मुग्लीनको बाटो प्रयोग गरेर राजधानी देखी विभिन्न स्थानमा जाने सवारीहरु सवै भन्दा बढी प्रभावित भएको थियो ।
सडक एकतर्फी खुलाएर गए रातिदेखि सवारीसाधनको चाप कम गराइ सहज पारिएको छ । बुधबार बिहानै देखी पहिरो पन्छाउने काम भएकोले मध्यान्न सम्ममा दुवै तर्फको यातायात शुचारु हुने आशा गरीएको छ ।


