काठमाडौं, भदौ २६ गते । ठमेलको ज्याठामा आज बिहान भीषण आगलागी हुँदा करिब दश करोडको क्षति भएको अनुमान गरिएको छ ।
स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएपछि करौडांैको क्षति पुगेको हो ।
स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको थियो ।
ग्यास सिलिन्डर पड्किन थालेपछि स्थानीयबासी आगलागीपछि त्रसित बनेका थिए ।
आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि आगोले क्षति पु¥याएको छ ।
gorkhapatra




















