गोरखा समाचारदाता
नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई एक कार्यक्रम बिच सम्मान गरीएको छ ।
नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै सह प्राध्यापक नेपाली लोक संगीत÷ललितकला क्याम्पस, तथा गायीका शोभा तिवारी लोहनीको ६६ औं जन्मजयन्तीको अवसरमा डंगोल र थापालाइ सम्मान गरीएको हो ।
कार्यक्रममा कालजयी राष्ट्रिय गित नेपाल जननी बन्दे, लगाएत आधुनिक गीतहरु जसलाइ मैले जिन्दगी ठानें , बुझ्नै कठिन भैसक्यो, सँधै हरीलो सधैं भरीलो लगायतका विभिन्न गीत प्रस्तुत गरीएको थियो । सोही कार्यक्रममा लोहनीले गाएका गीतको संगालीएको गीति संग्रह “संगीत र समर्पण” पनि बिमोचन गरीएको थियो ।

कार्यक्रममा गायिका लोहनीका परिवारले उनको स्मृतिमा स्थापना गरीएको ‘शोभा अर्जुन संगीत कोष’को समेत घोषणा गरियो । कोष २ लाख राशीको रहने छ ।
कार्यक्रम संस्कृतिविद तथा लोकवार्ताविद श्री तुलसी दिवसको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलको हलमा सम्पन्न भएको थियो ।




















