×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

छपेली–माझखण्ड केबलकार: ६० करोड लागतमा स्थानीयले बनाउँदै

  •  
  • मङ्गलबार, भदौ १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशान्त माली

    भाद्र १९, २०७५ ललितपुर — ललितपुरको इकुडोल माझखण्डका योगमान स्याङतानका साथी डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी उडे । ३५ वर्षीय विशाल बोम्जन गाउँमा बसेर छोराछोरीको उज्वल भविष्य नभएको भन्दै बिदेसिएका थिए ।

    माझखण्डका २८ वर्षीय वाङगेल बोम्जन २ वर्षअघि दुबई पलायन भए । स्थानीय शिक्षक रहेका उनी परिवारलाई सुख दिने सपना बुनेर बिदेसिएका हुन् । ३३ वर्षीय हीरामाया वल स्याङतान डेढ वर्षअघि कुबेत उडिन् ।

    स्थानीय २६ वर्षीय बुद्ध घलान कतार गए । उनीहरू तीनैजना योगमानका साथीहरू हुन् । २ सय घरधुरी भएको तामाङ बस्तीका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् ।

    तर उनीहरूभन्दा फरक योगमान भने देशमा नै केही गर्ने सोचका कारण बिदेसिएनन् । उनी भन्छन्, ‘गाउँमै रगत पसिना बगाएर रोजगारी सिर्जना गर्छु, तर विदेश जान्नँ ।’ अर्का २० वर्षीय छेवाङ बल, बुद्ध बोम्जनको सोचाइ पनि योगमानसँग मिल्दोजुल्दो छ । उनीहरूले ग्रामीण पर्यटन प्रवद्र्धनमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने योजना बनाए ।

    नभन्दै स्थानीय युवाहरू मिलेर अर्थमान लामाको अध्यक्षतामा माझखण्ड पर्यटन विकास समिति गठन गरे । उनीहरूले डेस्टिनेसन माझखण्ड कम्पनीका अध्यक्ष गोपाल सञ्जेलसँग मिलेर भट्टेडाँडा छपेलीबाट माझखण्डसम्म केबुलकार निर्माण गर्नतर्फ लागे ।

    उनीहरू सबै मिलेर बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेली र ५ नम्बरस्थित माझखण्ड जोड्ने २ दशमलव ८ किमि लामो केबलकार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेका छन् । प्रतिवेदन स्विजरल्यान्डस्थित बार्थोलेट (बीएमएफ) कम्पनीको समन्वयमा रोप वे एन्ड केबलकार कम्पनीले तयार पारेको हो ।

    डिस्टिनेसन माझखण्डका अध्यक्ष सञ्जेल भन्छन्, ‘बार्थोलेट कम्पनीसँग केबलकारको पार्टपुर्जा र इन्जिन खरिद गर्न सम्झौता भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) रिपोर्ट बनाउन वन तथा वातावरण मन्त्रालयबाट क्षेत्राधिकार तथा कार्य निर्देश सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ ।’ उनले मन्त्रालयले आईई रिपोर्ट स्वीकृत हुने क्रममा रहेको बताए । ‘केबलकार सञ्चालन गर्न उद्योग दर्ता प्रमाण पत्रका लागि प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले भने, ‘माझखण्ड पर्यटकका लागि नयाँ उत्कृष्ट गन्तव्य निर्माण गर्ने क्रममा छाैं ।

    यसका लागि गाउँपालिका र पर्यटन मन्त्रालयले सहयोग गर्नेमा आशावादी छौँ ।’डीपीआर प्रतिवेदनअनुसार केबल कारको भौतिक संरचना बनाउन ६० करोड रुपैयाँ लाग्नेछ । उक्त लगानी निर्माण सम्पन्न भएको ६ वर्ष १० महिनाभित्रमा उठ्ने अनुमान गरिएको छ ।

    सञ्जेलका अनुसार ७० प्रतिशत (४० करोड रुपैयाँ) बैंक र ३० प्रतिशत (२० करोड रुपैयाँ) स्थानीयस्तरबाट लगानी जुटाइनेछ । ‘ऋणका लागि बैंकका अधिकारीसँग छलफल गरेर फिल्ड अवलोकन भइसकेको छ,’ उनले भने, ‘स्थानीय स्तरबाट लगानी जुट्ने क्रमा सुरु भइसकेको छ ।’ छपेली कान्तिलोक पथअन्तर्गत ललितपुर खण्डको सातदोबाटोबाट २५ किमि दक्षिण पश्चिम दूरीमा पर्दछ ।

    माझखण्ड छपेली स्टेसनबाट ३ सय मिटरमा उचाइमा पर्छ । यो परियोजनाले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी योजनालाई समेत टेवा पुग्ने विश्वास लिएको छ । रिपोर्ट अनुसार २ हजार केजीको क्षमता भएको केबलकारमा एक पटकमा २५ देखि ३० जनासम्म यात्रा गर्न सकिनेछ । १० मिटर प्रतिसेकेन्डको गतिमा चल्ने केबलकार ५ मिनेटमा माथिल्लो र तल्लो बिन्दुमा पुग्ने रिपोर्टमा उल्लेख छ ।

    छपेलीमा तल्लो स्टेसन बनाउन ३ रोपनी र माझखण्डस्थित माथिल्लो स्टेसन बनाउन ५ रोपनी जग्गा खरिद गरिसकिएको डेस्टिनेसन माझखण्ड कम्पनीले जनाएको छ । यो परियोजनाले कम्तीमा २ सय जनालाई प्रत्यक्ष रोजगारी दिने र १५ सय जनालाइ स्वरोगारी सिर्जना हुने विश्वास लिइएको छ ।

    पर्यटन विकास समिति अध्यक्ष लामा दाबी गर्छन्, ‘दुवै स्टेसनको बीचमा टावररहित बन्ने भएकाले चन्द्रागिरि र मनकामना केबलकार भन्दा भिन्नै हुनेछ । यसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि बढी चाख हुनेछ ।’ उनले परियोजना सफल भएमा गाउँ मात्र नभई जिल्लाको काँठ र सहरी क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने बताए । ‘दसंैपछि होमस्टे सुरु गर्ने योजना छ,’ उनले भने ।

    रिपोर्टअनुसार माझखण्डमा उच्च समस्थली भूभाग खोर भञ्ज्याङ, पोखरी र सल्ले डाँडा छन् । हावापानी शीतल छ । पिकनिक स्थल र पार्क बनाउन सकिने सम्भावना छ । यहाँबाट बागमती नदी, कान्तिलोक पथ र माल्टा, प्युटार, आश्राङ, गिम्दी, ठूलादुर्लुङ र मकवापुरको मरे फाँट, खानी खोला हाइड्रोपावर अवलोकन गर्न सकिन्छ ।

    माझखण्डबाट रमिटे लेक ४ किमि उचाइमा पर्छ । यो तराई र उपत्यका एकैपटक अवलोकन गर्न सकिने दुर्लभ स्थान हो । यहाँबाट सूर्योदय र सुर्यास्त, हिमशृंखलाको रमणीय दृश्य हेर्न सकिन्छ । यहाँ जंगल सफारी, प्याराग्लाइडिङ, चमेरे गुफा, घोडचढीको सम्भावना छ । माझखण्ड रमिडे डाँडा हँुदै कालेवर १२ किमि ट्रेकिङ रुट पनि छ ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.